गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक जना पक्राउ « Khabarhub

गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक जना पक्राउ


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्युठानको गौमुखी गाउँपालिकामा गोरुलाई निर्दयी व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाउँपालिका वडा नं. १ बस्ने अन्दाजी ३६ वर्षका जालिराम थापा मगरलाई पशुपन्छी प्रति निर्दयी व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको हो ।

विगत ४/५ दिन अगाडि देखि फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा थापा मगरले आफ्नै खेतबारीमा गोरु जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछि उक्त गोरुको नाक र मुख माटोमा गाडिदिएको तथा कुटपिट गरेको भिडियो चर्चामा आएको थियो । गोरुलाई निर्दयी व्यवहार गरी भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

पशुपन्छी प्रति यस्तो क्रूर व्यवहार गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय प्युठानले निज थापा मगरलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिम पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरेको छ । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ५ : ०२ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल