चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत « Khabarhub

चौकिटोल र लालझाडी पुल निर्माणको प्रगति ७० प्रतिशत


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीमा चौकिटोल र लालझाडी जोडने पक्की पुल निर्माण भइरहेको छ ।

पूर्वाधार विकास कार्यालय मकवानपुरले निर्माण गरिरहेको पुलको तीन स्पान मध्ये दुईको निर्माण भइसकेको छ। पूर्वाधार विकास कार्यालय मकवानपुरका कार्यालय प्रमुख सुजन भण्डारीले नौ करोड ३२ लाख ४९ हजारको लागतमा निर्माणाधीन पुलको हालसम्म भौतिक प्रगति ७० प्रतिशत  पुगेको छ । 

आगामी असोज महिनासम्ममा पूरा गर्ने लक्ष्य लिइएको उक्त पुल निर्माणपछि स्थानीय लालझाडी, मैनटार, नकौली, घ्याङसिङटार, घटटेखोला, फेदिगाउँ, बोकेदह हेटौँडा उपमहानगरपालिका–१९ को डुमारे, लेकपानी, ज्यामिरे र मनहरी गाउँ पालिकाको सरिखेत पलांंसे क्षेत्रका २५ हजार जनता लाभान्वित हुने छन् ।

त्यस क्षेत्रमा उत्पादन हुने तरकारी, अन्न र फलफूल हेटौँडालगायत सहरमा पुर्‍याउँदा किसान र उपभोक्तालाई फाइदा पुग्ने छ । पुल निर्माण भएपछि त्यस क्षेत्रमा पर्यटन प्रवर्द्धनको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ५ : ०३ बजे

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल