भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै « Khabarhub

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै


२१ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवर्द्धन गर्दै प्रचारप्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘आठौँ संस्करण मनसुन ट्रेल रेस’ आयोजना गरिँदै छ ।

आयोजक रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ राईले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही जेठ २५ गते चखेवामा ट्रेल रेस सञ्चालन हुन लागेको जानकारी दिए । उनका अनुसार १८ किलोमिटरको यो रेस पुरुष र महिला खुला तथा ४० वर्ष माथिका महिला र पुरुष (भेट्रान) हुने छ । उक्त विधामा महिला, पुरुष गरी ७५ जनाको सहभागिता हुनेछ ।

मुन्दुम पदमार्गमा सबै याममा भ्रमण गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि मुन्दुम मनसुन ट्रेल रेस आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए । रेस चखेवा, बेसक्याम्प, टेम्के, तावाभञ्ज्याङ हुँदै पाँचधासम्म सञ्चालन हुनेछ । यस्ता प्रतियोगिताले पदमार्गको पर्यटन प्रवर्द्धनसँगै साहसिक खेल पर्यटनलाई पनि थप टेवा पु¥याउने उनले विश्वास व्यक्त गरे ।

खुला पुरुष तथा महिला दुवैतर्फ प्रथम हुनेले रु २५ हजार, द्वितीयले रु १५ हजार र तृतीयले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । उक्त विधामा सात विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । चौथोलाई रु दुई हजार, पाँचौँलाई रु एक हजार ५००, छैँटौँलाई रु एक हजार र सातौँ हुनेलाई रु ५०० प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए ।

त्यस्तै भेट्रान पुरुष तथा महिलातर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु पाँच हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट तीन स्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिने छ ।

मुन्दुम पदमार्ग पूर्वी नेपालको चर्चित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा चिनिएको छ । यस क्षेत्रमा ट्रेल रेसलगायत खेलकुद गतिविधि सञ्चालन हुँदै आएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८३, बिहीबार  ९ : ४८ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल