आज २०८३ साल असार २० गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २० गते शनिबारको राशिफल


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६ जुलाई ४ तारिख। असार कृष्ण पक्षको चतुर्थी तिथि । अन्तर्राष्ट्रिय सहकारी दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। परिवारसँग तीर्थयात्राको तय हुनेछ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रशन्न हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।

वृष : शुभ दिन छ। धन लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। तर स्वास्थ्यमा भने समस्या हुने भएकाले सचेत हुनुपर्नेछ। व्यापारमा गरेको मिहिनेतको भने फल मिल्नेछ ।

मिथुन : स्वास्थ्यले साथ दिँदा मन शान्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर गुम्ने जोखिम छ। पारिवारिक मेलमिलाप रहेको छ ।

कर्कट : कामको बोझ थपिने छ। सानो कुराले आक्रोश बढ्नेछ। सचेत भएर बोल्नु उचित हुन्छ। शिक्षामा ढिलासुस्ती हुनेछ। राज्यका तर्फबाट भय बढ्नेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। दान दिएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कन्या : जोगिएर यात्रा गर्नुपर्ने दिन छ। हरेक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको माथिल्लो निकायबाट सेवाको अवसर मिल्नेछ। श्रमको मूल्य मिल्ने योग छ ।

तुला : दिन राम्रो छ। महत्त्वपूर्णा निर्णय लिने समय छ। राम्रो कुरामा अगाडि बढ्ने हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। सरकारी सेवामा भए पदोन्नती हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। परिवारसँग सल्लाह गरेर मात्र काम गर्नु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहजै बन्ने छ।

मकर : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गर्नु भएको भए वैदेशिक रोजगारीको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यमा शुभ खबर सुनिनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मनमा उत्साह मिल्नेछ ।

मीन : सानो कुराले मन भारी हुनेछ। एकल निर्णय लिनुभन्दा साथीसँग सहकार्य गरेर निर्णय गर्नु उचित हुन्छ। साढेसाती दशाका कारण साथीहरुले तपाईंको कुरामा टिप्पणी गर्ने जोखिम छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : ४६ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित