फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश « Khabarhub

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४(२ ले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीको १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा इजिप्ट ४–२ गोलले विजयी भयो ।

खेलको सुरुमा इजिप्टले अग्रता लिएको थियो। १३औँ मिनेटमा इमाम आशुरले हेडमार्फत गोल गर्दै टोलीलाई १–० गोलको सुरुवाती अग्रता दिलाएका थिए । तर, ५५औँ मिनेटमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि अस्ट्रेलिया १–१ गोलको बराबरीमा आएको थियो ।

अब इजिप्टले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेमध्येको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ५ : ४२ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता