फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश « Khabarhub

फिफा विश्वकप : अष्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा प्रवेश


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको छ । डलास स्टेडियममा गएराति भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इजिप्टले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ । शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई ४(२ ले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीको १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा इजिप्ट ४–२ गोलले विजयी भयो ।

खेलको सुरुमा इजिप्टले अग्रता लिएको थियो। १३औँ मिनेटमा इमाम आशुरले हेडमार्फत गोल गर्दै टोलीलाई १–० गोलको सुरुवाती अग्रता दिलाएका थिए । तर, ५५औँ मिनेटमा इजिप्टका मोहम्मद हानीले आत्मघाती गोल गरेपछि अस्ट्रेलिया १–१ गोलको बराबरीमा आएको थियो ।

अब इजिप्टले अन्तिम १६ मा अर्जेन्टिना र केप भर्डेमध्येको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ५ : ४२ बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र