विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश « Khabarhub

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आज बिहान भएको खेलमा केप भडेलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ९२औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाए ।

त्यसपछि १०३औँ मिनेटमा केप भर्डेका सिड्नी काब्रालले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसको आत्मघाती गोलसँगै अर्जेन्टिना ३–२ गोलको जितसँगै अन्तिम १६ मा प्रवेश गरेको छ ।

अब अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ६ : २९ बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र