विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश « Khabarhub

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आज बिहान भएको खेलमा केप भडेलाई अतिरिक्त समयमा ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ९२औँ मिनेटमा अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीलाई २–१ गोलको अग्रता दिलाए ।

त्यसपछि १०३औँ मिनेटमा केप भर्डेका सिड्नी काब्रालले गोल फर्काउँदै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसको आत्मघाती गोलसँगै अर्जेन्टिना ३–२ गोलको जितसँगै अन्तिम १६ मा प्रवेश गरेको छ ।

अब अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ६ : २९ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता