विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी « Khabarhub

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।

केप भर्डेविरुद्ध अन्तिम १६ का लागि भएको खेलमा गोल गर्दै उनी विश्वकपका लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् ।

मेसीको यो अद्वितीय गोल शृंखला सन् २०२२ को विश्वकपबाट सुरु भएको थियो । उनले अष्ट्रेलियाविरुद्ध गोल गरेपछि नेदरल्यान्ड्सविरुद्ध एक गोल र एक असिस्ट, क्रोएसियाविरुद्ध एक गोल र एक असिस्ट तथा फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए।

त्यसपछि सन् २०२६ विश्वकपमा अल्जेरियाविरुद्ध ह्याट्रिक, अष्ट्रियाविरुद्ध दुई गोल, जोर्डनविरुद्ध एक गोल र केप भर्डेविरुद्ध पनि गोल गर्दै लगातार आठ खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बने।

केप भर्डेविरुद्धको गोलसँगै मेसीले विश्वकपमा आफ्नो करियरको २०औँ गोल पनि पूरा गरेका छन्। यसका साथै उनी २०२६ विश्वकपको गोल्डेन बुट दौडमा पनि अग्रस्थानमा पुगेका छन्।

३९ वर्षीय मेसीले उमेर बढ्दै जाँदा पनि विश्व फुटबलमा नयाँ कीर्तिमानहरू थपिरहेका छन्। लगातार आठ विश्वकप खेलमा गोल गर्ने उनको उपलब्धिलाई आधुनिक फुटबलकै सबैभन्दा दुर्लभ व्यक्तिगत कीर्तिमानमध्ये एक मानिएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ६ : ५७ बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र