फरार दुई प्रतिवादी पक्राउ « Khabarhub

फरार दुई प्रतिवादी पक्राउ


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुविवाह मुद्दामा दोषी ठहर भएका नरेशराम विक र पुनःचलनसम्बन्धी मुद्दामा दोषी ठहर भएकी कौशिला चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार विकलाई २०८२ साल असार २० गते अदालतको फैसलाले एक वर्ष तीन महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यसैगरी चन्दलाई २०७९ मङ्सिर १६ गतेको फैसलाअनुसार पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमामा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक रावतले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ८ : ३९ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद