फरार दुई प्रतिवादी पक्राउ « Khabarhub

फरार दुई प्रतिवादी पक्राउ


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई शुक्रबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बहुविवाह मुद्दामा दोषी ठहर भएका नरेशराम विक र पुनःचलनसम्बन्धी मुद्दामा दोषी ठहर भएकी कौशिला चन्दलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार विकलाई २०८२ साल असार २० गते अदालतको फैसलाले एक वर्ष तीन महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यसैगरी चन्दलाई २०७९ मङ्सिर १६ गतेको फैसलाअनुसार पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

पक्राउ परेका दुवै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमामा उपस्थित गराइएको प्रहरी नायब उपरीक्षक रावतले जानकारी दिए ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ८ : ३९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको