राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने « Khabarhub

राष्ट्रियसभाको बैठक : चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ। आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार वटा महत्त्वपूर्ण विधेयकमाथि विचार गर्ने कार्यसूची रहेको छ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ निवारण) (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतालेस्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

आजको बैठकमा यी विधेयकमाथि प्रारम्भिक छलफल हुने अपेक्षा गरिएको छ।

रासस

प्रकाशित मिति : २० असार २०८३, शनिबार  २ : ०२ बजे

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको लगातार दोस्रो जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लगातार दोस्रो जित

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका