शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार « Khabarhub

शिक्षक महासङ्घको काठमाडौं जिल्ला समिति विस्तार


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घले पहिलो पटक जिल्ला समिति काठमाडौं गठन गरेको छ । समितिको संस्थापक अध्यक्षमा गणेशप्रसाद गुरागाईं सर्वसम्मत चयन भए। 

यसअघि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ महानगर कमिटीको अध्यक्ष भइसकेका गुरागाईंको नेतृत्वमा २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको महासङ्घले जनाएको छ ।
       
कार्यसमितिको सहअध्यक्षमा कृष्णराज कट्टेल, उपाध्यक्षमा वासुदेव खनाल, महिला उपाध्यक्षमा तारा अधिकारी, सचिवमा नारायणप्रसाद गौतम, खुला सहसचिवमा समुन्द्र तिमल्सिना, सहसचिव (अर्थ)मा गोविन्दप्रसाद पौडेल, महिला सहसचिवमा अनिता अधिकारी तथा संस्थागत सहसचिवमा दिवसबाबु पोखरेल र रामहरि ढकाल चयन भए ।
       
सदस्यहरूमा सूर्यबहादुर खड्का, चक्रबहादुर विष्ट, भगवती सिलवाल, सरिताकुमारी प्रसाईं, श्रवण बस्नेत, तारा मिश्र, सुमित्रा सिग्देल, बबिता साही ठकुरी, दिनेश लामा, भरत भण्डारी, सृजना खड्का गिरी, सूर्यकुमार उपाध्याय, डिल्लीराज ज्ञवाली, विनोद खनाल, सुशीला खनाल, वीरबल्लभ घिमिरे र तेजेन्द्र सुवेदी रहेको जनाइएको छ ।
       
महासङ्घका राष्ट्रिय अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महासचिव तुलाबहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक सङ्ठनका राष्ट्रिय अध्यक्ष हंशबहादुर शाही, नेपाल शिक्षक सङ्गठका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी, विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीलगायत शिक्षक नेताहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  २ : १२ बजे

वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश

काठमाडौं– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अवरुद्ध कालीगण्डकी करिडोर पुनः सञ्चालन

गण्डकी– पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक