बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी « Khabarhub

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको बैठकले प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकमा पार्टी महामन्त्री गुरुराज घिमिरे आमन्त्रित सदस्यका रूपमा सहभागी भएका थिए । 

नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँगको समन्वयमा प्रदेशसभामा बजेट प्रस्तुत गरेको हो । त्यसअघि दुवै पार्टीका संसदीय दलले नेपाली कांग्रेसका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको संयोजकत्वमा बजेट निर्माण सहजीकरण कार्यदल गठन गरेका थिए ।
 

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : २० बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको