भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते « Khabarhub

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार ६४५ पुगेको छ भने १२ हजार ६६६ जना घाइते भएका छन्।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा अस्थायी शिविर व्यवस्थापनका लागि गठन गरिएको कमान्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत उक्त जानकारी दिएका हुन्।

उनका अनुसार हालसम्म ६ हजार ४६२ जनाको सकुशल उद्धार गरिएको छ भने ८६ हजार ११७ प्रभावित परिवारलाई राहत तथा आवश्यक सहायता उपलब्ध गराइएको छ।

भूकम्पका कारण ८८५ वटा भवनमा क्षति पुगेको छ भने १८९ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रभावित नागरिकलाई आश्रय उपलब्ध गराउन देशभर ५९ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन्।

आपतकालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ३ हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी र २९ हजार ५६७ जना आपतकालीन प्रतिक्रियाकर्मी देशका विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको रोड्रिगेजले बताएका छन्।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : ५९ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको