भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते « Khabarhub

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार ६४५ पुगेको छ भने १२ हजार ६६६ जना घाइते भएका छन्।

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा अस्थायी शिविर व्यवस्थापनका लागि गठन गरिएको कमान्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राममार्फत उक्त जानकारी दिएका हुन्।

उनका अनुसार हालसम्म ६ हजार ४६२ जनाको सकुशल उद्धार गरिएको छ भने ८६ हजार ११७ प्रभावित परिवारलाई राहत तथा आवश्यक सहायता उपलब्ध गराइएको छ।

भूकम्पका कारण ८८५ वटा भवनमा क्षति पुगेको छ भने १८९ वटा भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रभावित नागरिकलाई आश्रय उपलब्ध गराउन देशभर ५९ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन्।

आपतकालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन ३ हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्मी र २९ हजार ५६७ जना आपतकालीन प्रतिक्रियाकर्मी देशका विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको रोड्रिगेजले बताएका छन्।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ३ : ५९ बजे

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की– पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि

भोटेकोशीमा बाढीको जोखिमसँगै मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी