चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी « Khabarhub

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २० अर्ब रुपैयाँ व्ययभार जोगाएको दाबी गरेको छ । सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार नीतिगत सुधार कार्यक्रमअन्तर्गत यसअघि कायम रहेका २५ वटा मन्त्रालयको संख्या घटाएर १८ मा झारिएको छ । यसरी संरचनागत रूपमै व्यापक परिवर्तन गरिएपछि हाल १७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको र यसबाट मुलुकको ठूलो प्रशासनिक खर्च जोगिने प्रवक्ता पोखरेलले स्पष्ट पारे । मन्त्रालय घटाउने यो कदम सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचापत्रमा गरेको प्रतिवद्धताअनुरूप नै कार्यान्वयनमा ल्याइएको उनले बताए ।

प्रवक्ता पोखरेलले मन्त्रालयहरूको संख्या घटाइए पनि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भने नयाँ थपिएको जानकारी दिए । मन्त्रालयको संख्या घटाउने तथा नीतिगत सुधार गर्ने अभियानअन्तर्गत नै सरकारले ट्रेड युनियनहरू समेत खारेज गर्ने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ४ : १५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन