सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो « Khabarhub

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’ अभियानअन्तर्गत हुम्ला र भोजपुरबाहेक देशका सबै जिल्लामा राहदानी घरदैलोमै पुर्‍याउने सेवा सुरु गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिनका प्रमुख उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले नागरिकलाई सहज, छरितो र विश्वासिलो सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी घरदैलोमै पुर्‍याउने व्यवस्था लागू गरिएको जानकारी दिए।

सरकारका अनुसार हालसम्म दुई लाख ६ हजार ३३० थान राहदानी हुलाकमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। तीमध्ये पाँच हजार ७२८ थान राहदानी सेवाग्राहीको घरदैलोमै वितरण गरिएको छ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन फ्रन्ट डेस्कमा कार्यरत करिब ५०० कर्मचारीलाई नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमार्फत तालिम प्रदान गरिएको पनि सरकारले जनाएको छ।

त्यस्तै, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीले स्थायी लेखा नम्बर (प्यान) र प्रमाणपत्र एउटै स्थानबाट प्राप्त गर्न सक्ने व्यवस्था लागू गरिएको छ। यो सेवा हाल कम्पनी रजिस्ट्रारको कार्यालयसँगै १२० स्थानीय तहबाट पनि उपलब्ध गराइएको छ।

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई पनि तीव्रता दिएको जनाएको छ। हालसम्म २३ लाख ७५ हजार १८१ थान लाइसेन्स छपाइ सम्पन्न भइसकेको र असार मसान्तसम्म २९ लाख थान छपाइ सक्ने लक्ष्य रहेको विवरणमा उल्लेख छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई थप सहज बनाउन एकद्वार सेवा प्रणाली विस्तारको काम पनि अघि बढाइएको छ। कार्यदलको सुझावअनुसार हाल ३२ जिल्ला प्रशासन कार्यालयमा एकद्वार सेवा प्रणाली कार्यान्वयनका लागि बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ५ : ११ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२