नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा « Khabarhub

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’ सुरु भएको घोषणा गर्दै कानुनी शासन, संस्थागत स्थायित्व र सार्वजनिक सुरक्षा सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पेरूको निर्वाचनसम्बन्धी सर्वोच्च निकायले शुक्रबार फुजिमोरीको झिनो मतान्तरको जितलाई औपचारिक रूपमा प्रमाणित गरेसँगै देशको इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक राष्ट्रपतीय निर्वाचनको टुंगो लागेको हो। साथै, पछिल्लो एक दशकमा पेरुले नवौँ राष्ट्रपतिको नेतृत्व पाउने भएको छ।

निर्वाचन प्रमुख रोबर्टो बुर्नेओले राजधानी लिमामा आयोजित कार्यक्रममा केइको फुजिमोरीलाई गणतन्त्रको राष्ट्रपतिमा तथा लुइस फर्नान्डो गालारेटालाई प्रथम उपराष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरे।

औपचारिक घोषणा लगत्तै पार्टी मुख्यालयबाट सम्बोधन गर्दै फुजिमोरीले निर्वाचन परिणामको उत्सवभन्दा पनि नागरिकका समस्या समाधानलाई प्राथमिकता दिने बताइन्। उनले देशमा कानुनी शासन पुनःस्थापित गर्ने, संस्थाहरूलाई बलियो बनाउने र सार्वजनिक सुरक्षामा सुधार ल्याउने आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गरिन्।

दिवंगत पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीकी ५१ वर्षीया छोरी केइकोले आगामी जुलाई २८ मा अन्तरिम राष्ट्रपति होसे मारिया बाल्काजारबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछिन्। उनको कार्यकाल सन् २०३१ सम्म रहनेछ।

यसअघि तीनपटक राष्ट्रपतिको निर्वाचनमा पराजित भएकी फुजिमोरी चौथो प्रयासमा वामपन्थी उम्मेदवार रोबर्टो सान्चेजलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। उनले ५०.१३५ प्रतिशत मत प्राप्त गर्दा सान्चेजले ४९.८६५ प्रतिशत मत पाएका थिए।

सन् १९९० देखि २००० सम्म पेरुको नेतृत्व गरेका उनका पिता अल्बर्टो फुजिमोरी माओवादी समूह ‘साइनिङ पाथ’को विद्रोह र चरम मुद्रास्फीति नियन्त्रणमा सफल मानिए पनि भ्रष्टाचार तथा मानवअधिकार उल्लंघनसम्बन्धी आरोपका कारण विवादित बनेका थिए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ५ : १५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२