सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’ « Khabarhub

सरकारलाई प्रचण्डको चेतावनी- ‘बोल्ने मात्रै होइन, लड्ने बेला पनि आउँछ’


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत कामलाई निरन्तरता दिए आफ्नो पार्टी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

शनिबार बुटवलमा आयोजित नेकपा लुम्बिनी प्रदेश समितिको प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिले सरकारले गलत काम गर्दा पनि धेरै पक्ष मौन रहेको टिप्पणी गरे। केही महिनासम्म परिस्थिति हेर्ने र आवश्यक परे आन्दोलन सुरु गर्ने तयारीमा पार्टी रहेको उनको भनाइ थियो।

‘अहिले हामी बोल्ने बेला आउला भनेर बसेका छौँ। आवश्यक परे बोल्ने मात्रै होइन, राम्रोसँग लड्ने पनि छौँ,’ प्रचण्डले भने।

उनले भदौ २३ र २४ गते भएका राजनीतिक घटनाक्रम सुशासन वा सुधारका उद्देश्यले नभई ठूलो अन्तर्राष्ट्रिय रणनीति र षड्यन्त्रको हिस्सा भएको दाबी गरे। नेपालको भू–राजनीतिमा हस्तक्षेप गर्दै भारत र चीनलाई नियन्त्रण गर्ने उद्देश्यसहित ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ अन्तर्गत ती गतिविधि भएको बुझ्न कठिन नरहेको उनको भनाइ थियो।

प्रचण्डले पार्टीभित्रैबाट आफू र नेकपा नेतृत्वलाई अपमानित गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। मूल नेतृत्व इतिहास, आन्दोलन र संघर्षबाट निर्माण हुने भएकाले कसैले चाहेर बनाउने वा हटाउने विषय नभएको उनले जिकिर गरे।

यद्यपि, राजनीतिक र सांगठनिक कार्यशैलीबारे व्यापक छलफलपछि उपयुक्त नेतृत्व तयार भए आफू जिम्मेवारी छाड्न तयार रहेको उनले स्पष्ट पारे।

उनले अहिले अन्य दलसँग पार्टी एकताको चर्चा गर्नुभन्दा महाधिवेशनको तयारीमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ७ : १८ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका