मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु « Khabarhub

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी लेटाङ–४ सिद्धार्थ लाइन निवासी ६० वर्षीया सञ्चमाया लावतीको उपचारका क्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।

दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते बन्नुभएको छ । उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिटी सफारी चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ८ : १७ बजे

गोविन्द केसीसँगको सात बुँदे सहमतिमा के छ ?

काठमाडौँ – प्रा. डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका–१० चानेमा गएको पहिरोका कारण पाँच

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १२ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६