यमननजिकै आक्रमणपछि लाल सागरमा डुब्यो भारतीय जहाज « Khabarhub

यमननजिकै आक्रमणपछि लाल सागरमा डुब्यो भारतीय जहाज


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

साना- इरान-अमेरिका द्वन्द्वको असर लाल सागरमा पनि देखिएको छ। स्ट्रेट अफ हर्मुजलाई इरानले ठप्प पारेका बेला अब लाल सागरमा पनि अवस्था जटिल बनेको हो ।

हुथी विद्रोहीको पकड रहेको यमननजिकै लाल सागरमा भारतीय झण्डावाहक व्यावसायिक जहाजमाथि आक्रमण भएको हो। ‘एमएसभी फैजे नूर-ए-औलिया’ नामक जहाज आक्रमणपछि डुबेको छ। जहाजमा सवार सबै १३ भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ।

यमनको तटनजिक लाल सागरमा भारतीय झण्डावाहक व्यावसायिक जहाजमाथि इरान समर्थित हूती विद्रोहीहरूले आक्रमण गरेका हुन्। प्रारम्भिक जानकारीअनुसार विस्फोटक पदार्थले भरिएको आत्मघाती डुंगाले जहाजमा ठक्कर दिएको थियो, जसपछि जहाज डुबेको हो।

भारतको विदेश मन्त्रालयले ‘एमएसभी फैजे नूर-ए-औलिया’माथिको आक्रमणको निन्दा गरेको छ। मन्त्रालयले साउदी अरेबियाको राजधानी रियादस्थित भारतीय दूतावासले घटनाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। चालक दलको सुरक्षाका लागि यमनका सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि उसले जनाएको छ।

उता यमनका हूती विद्रोहीको धम्कीपछि ६ वटा साउदी सुपरट्यांकरले लाल सागर र बाब-अल-मन्देब मार्ग छाडेर अफ्रिकाको दक्षिणी भाग हुँदै लामो समुद्री मार्ग रोजेका छन्। यसले क्षेत्रीय जलमार्ग सुरक्षाप्रति थप चिन्ता बढाएको छ।

होर्मुज जलडमरूमध्यसम्बन्धी सम्भावित सम्झौताको आशापछि अमेरिकी कच्चा तेलको मूल्य करिब ५ प्रतिशत घटेर प्रति ब्यारेल ७६.३२ डलरमा झरेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य पनि ८० डलर प्रतिव्यारेलभन्दा तल पुगेको छ।

उता इरानी रिभोल्युसनरी गार्डले होर्मुज जलडमरूमध्यमाथि उडिरहेको एमक्यू-९ रीपर ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसालेको दाबी गरेको छ। तर उक्त ड्रोन कुन देशको थियो भन्ने खुलाइएको छैन।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  १ : ११ बजे

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु

बाढीपछि सोनु सुदले भने : नेपाल एक्लो छैन

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय

भोटेकोशी बाढी : गाेरखामा १८ शव फेला

गोरखा – भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा