एक हजार रोजगारी भारत सार्ने क्वन्टासको तयारी « Khabarhub

एक हजार रोजगारी भारत सार्ने क्वन्टासको तयारी


२० श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाको राष्ट्रिय हवाई सेवा प्रदायक कम्पनी क्वन्टासले आफ्नो कर्पोरेट तथा ब्याक-अफिसका करिब एक हजार रोजगारीहरू भारतमा सार्ने तयारी गरिरहेको छ। लागत कटौती तथा कृत्रिम बौद्धिकताको प्रयोगलाई तीव्रता दिने उद्देश्यले यो योजना ल्याइएको हो।

अस्ट्रेलियाली सञ्चार माध्यम एएफआरका अनुसार आन्तरिक रूपमा ‘प्रोजेक्ट आइक्यु’ नाम दिइएको यो योजना अन्तर्गत एक्स्यान्चर नामक विश्वव्यापी परामर्शदाता संस्थायसँग छलफल भइरहेको छ । यसबाट क्वन्टासका मार्केटिङ, फाइनान्स, ह्युमन रिसोर्सेस र अन्य ब्याक-अफिसका कामहरू विदेशमा सर्ने सम्भावना रहेको छ। यद्यपि, क्वन्टासले एक्स्यान्चरसँग प्रारम्भिक चरणको छलफल मात्रै भइरहेको र कुनै पनि अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेको छ।

क्वन्टासका प्रवक्ताले सबै संस्थाहरू जस्तै आफ्नो कम्पनीले पनि काम गर्ने शैलीलाई आधुनिकीकरण गर्न र ग्राहक तथा कर्मचारीहरूका लागि राम्रो नतिजा ल्याउन प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोगलाई बढावा दिइरहेको बताएका छन्। प्रमुख कार्यकारी भानिसा हड्सन र चिफ टेक्नोलोजी अफिसर राचेल याङ्गोयानको नेतृत्वमा यो परियोजना अगाडि बढाइएको छ।

यस सम्भावित निर्णयले अस्ट्रेलियाली सर्भिसेस युनियनमा चिन्ता बढाएको छ। युनियनका सहायक राष्ट्रिय सचिव स्कट काउएनले यस कदमले स्थानीय कर्मचारीहरूमा पार्ने प्रभावप्रति असन्तोष व्यक्त गर्दै कम्पनीलाई स्थानीय रोजगारीसम्बन्धी प्रतिबद्धता पालना गर्न आग्रह गरेका छन्। दक्ष अस्ट्रेलियाली कामदारहरूलाई विदेशी व्यवस्था र एआई प्रणालीबाट विस्थापित गर्दा सेवाको गुणस्तरमा असर पर्ने युनियनको ठहर छ।

क्वन्टासले भने प्रविधिको प्रयोग कर्मचारी घटाउन मात्र केन्द्रित नभएको दाबी गरेको छ। कम्पनीले हालैका वर्षहरूमा पाइलट र इन्जिनियरलगायत हजारौं नयाँ रोजगारी सिर्जना गरेको र आगामी दिनमा पनि परिचालन क्षेत्रमा भर्ना जारी राख्ने बताएको छ। यसअघि प्रमुख कार्यकारी भानिसा हड्सनले विमान मर्मतसम्भार र ग्राहक अनुभव सुधार गर्न एआईको प्रयोग महत्वपूर्ण हुने तर यसको मुख्य उद्देश्य कर्मचारी कटौती मात्र नभएको बताएकी थिइन्।

अस्ट्रेलियाका अन्य ठूला कम्पनीहरूले पनि यस्तै किसिमका अभ्यासहरू सुरु गरेका छन्। रिटेल क्षेत्रको विशाल कम्पनी वुलवर्थ ग्रुपले पनि केही कर्पोरेट कार्यहरू विदेशमा सार्ने विचार गरिरहेको छ भने अफिसवक्सले ग्राहक सेवाका केही भूमिकाहरू भारत र फिलिपिन्समा सार्ने घोषणा गरिसकेको छ। त्यस्तै, टेलस्ट्राले पनि डिजिटल रूपान्तरणलाई तीव्र बनाउन एक्स्यान्चरसँग साझेदारी गरेको छ।

‘प्रोजेक्ट आइक्यु’ अन्तर्गत प्रभावित हुन सक्ने रोजगारीको संख्या र यसको अन्तिम निर्णय यसै वर्षभित्र हुने अपेक्षा गरिएको छ। क्वन्टासले उत्पादकत्व र ग्राहक सेवा सुधार गर्न प्रविधिको प्रयोग गर्दै अस्ट्रेलियाली रोजगारीलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ४ : ३३ बजे

वर्षा रोकिएसँगै बेनी–दरवाङ सडक मर्मत थालियो

म्याग्दी– पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन

एसियाड क्वाटरफाइनल : श्रीलंकाविरुद्ध ऐतिहासिक जितको खोजीमा नेपाल

काठमाडौँ – एसियाली खेलकुद (एसियन गेम्स) क्रिकेटअन्तर्गत समूह ‘ए’ को

पहिरोले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडी– बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध

कालीगण्डकीमा जलसतह कम भएसँगै विद्युत् उत्पादन सुरु गर्ने तयारी

स्याङ्जा– कालीगण्डकी–५ बेल्टारीस्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन

वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्ला– निरन्तर वर्षा एवं हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ