कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ? « Khabarhub

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन सक्ने खाना पकाउने ग्यास (एलपीजी) को अभाव टार्न उद्योगीले उपत्यकाबाहिरबाटै सिलिन्डर भरेर ढुवानी गर्न थालेका छन् । नेपाल आयल निगमले उपत्यकाबाहिर ‘बोटलिङ’ गरी सिलिन्डर ल्याउन अनुमति दिएपछि उद्योगी त्यसतर्फ लागेका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानी सहज बनाउने प्रयास गरिरहेका छन् । सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डर कम भएकाले काठमाडौँबाट खाली सिलिन्डर ट्रकमा लगेर भरेपछि पुनः उपत्यका फर्काउने व्यवस्था मिलाइएको छ । नेपाल ग्यासले आफ्नो सिलिन्डर चितवनस्थित नेपाल ग्यास गण्डकीमा भर्दै आएको छ । उपत्यकामा दैनिक ११ हजार सिलिन्डर बिक्री गर्दै आएको उक्त उद्योगले केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौँ ल्याउने तयारी गरेको छ ।

रातिको समयमा कान्ति लोकपथमा सवारी साधन गुड्न नपाउँदा खाली सिलिन्डर बोकेका ट्रक आउन भने केही ढिलाइ भइरहेको सङ्घका सदस्य विमल कालाखेतीले बताए । हाल विभिन्न कम्पनीहरूले परासी, हेटौँडा, गैँडाकोटलगायतका स्थानमा रहेका प्लान्टहरूबाट ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन् । उपत्यका र आसपासका क्षेत्रमा १६ वटा ग्यास उद्योग सञ्चालित छन् ।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिन्डर खपत हुने गरे पनि अहिलेको अवस्थामा माग १ लाखसम्म पुग्न सक्छ । “हामीले सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनभित्रै आपूर्ति सहज हुनेछ,” उनले भने, “उपभोक्ताले आवश्यक मात्रामा मात्र सिलिन्डर खरिद गरून्, मौज्दात नराखून् ।” नेपालका ५८ वटा ग्यास उद्योगबाट उत्पादित ग्यासमध्ये ४० प्रतिशत उपत्यकामा खपत हुने गर्छ । गत महिना भारतबाट हालसम्मकै बढी अर्थात् ६० हजार २०० मेट्रिकटन ग्यास आयात भएकाले बजारमा ग्यासको अभाव नहुने सङ्घले जनाएको छ ।

साल्ट ट्रेडिङद्वारा पनि वैकल्पिक प्रणाली लागू

यसैबिच, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि आफ्ना ‘एसटीसी सिलिन्डर’ मा ग्यास आपूर्ति सहज बनाउन निजी ग्यास कम्पनीहरूसँग सहकार्य सुरु गरेको छ । धादिङको जुगेखोलास्थित कर्पोरेशनको एलपीजी प्लान्टतर्फ जाने सडक अबरुद्ध भएपछि निजी क्षेत्रका बाबा र मनोज ग्यासका प्लान्टमा एसटीसी सिलिन्डर भरेर काठमाडौँ ल्याउने प्रबन्ध मिलाइएको हो ।

निगमले कूल ३ हजार २५ वटा ग्यास बुलेटको कोटा मध्य साल्ट ट्रेडिङलाई २ प्रतिशत (५३ वटा बुलेट) मात्र उपलब्ध गराउँदै आएको छ । कर्पोरेशनले हाल कुपन प्रणालीमार्फत ग्यासको बिक्री वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ६ : १२ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम