पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित « Khabarhub

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक अल्बारो वालेसले विफल पारिदिएपछि रेआल मड्रिडका स्टार स्ट्राइकर किलियान एमबाप्पे बराबरी गोल गर्नबाट चुकेका छन्।

रोमाञ्चक बनेको खेलको अन्तिम समयमा पाएको पेनाल्टीलाई वालेसले उत्कृष्ट बचाउ गर्दै रेआल मड्रिडलाई बराबरीमा रोकेका हुन्। एमबाप्पेको प्रहारलाई विफल पारेलगत्तै गोलरक्षक वालेसले फ्रान्सेली स्ट्राइकर एमबाप्पेको नजिकै पुगेर आक्रामक रूपमा खुसीयाली मनाएका थिए।

खेलको अन्तिम समयमा १–० ले पछि परेको अवस्थामा मड्रिडले बराबरीको सुनौलो अवसर (पेनाल्टी) पाएको थियो । एमबाप्पेले प्रहार गरेको बललाई बेटिसका गोलरक्षक अल्बारो वालेसले उत्कृष्ट डाइभ हान्दै रोकेका थिए। लगत्तै रेफ्रीले अन्तिम सिठी बजाएपछि मड्रिड स्तब्ध बनेको हो।

मौरिन्होले यसै सिजन पुनः मड्रिडको बेन्च सम्हालेपछिको यो पहिलो आधिकारिक हार हो । खेलभरि नै मड्रिडलाई दबाबमा राखेको बेटिसले घरेलु मैदानमा महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

वालेसको उक्त बचाउ र त्यसपछिको प्रतिक्रियाले मैदानमा केही बेर तनाव सिर्जना गरे पनि बेटिसले मड्रिडविरुद्ध महत्त्वपूर्ण जित हासिल गर्न सफल भयो।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ७ : ५१ बजे

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर