बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर) « Khabarhub

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत सामग्री पुर्‍याउनका लागि त्रिशूलीमा ड्रोनको सफल परीक्षण तथा प्रयोग सुरु गरिएको छ। चीन सरकारले नेपाललाई उपलब्ध गराएका चार वटा आधुनिक ड्रोनमार्फत सामान ढुवानी थालिएको हो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम बोक्ने क्षमता १०० किलोग्राम रहेको छ। “एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री सजिलै बोक्न सकिन्छ,” उनले भने। परीक्षणपछि अब यी ड्रोनहरू रसुवालगायत बाढीबाट प्रभावित दुर्गम भेगहरूमा परिचालन गरिनेछ।

भीषण बाढी र पहिरोका कारण सडकमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएका र भौगोलिक विकटताका कारण हेलिकप्टर समेत अवतरण गर्न कठिन रहेका स्थानहरूमा राहत पुर्‍याउन यो प्रविधि निकै प्रभावकारी हुने विश्वास लिइएको छ। (तस्बिर : नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ९ : ३३ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक