बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर) « Khabarhub

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)


२० भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत सामग्री पुर्‍याउनका लागि त्रिशूलीमा ड्रोनको सफल परीक्षण तथा प्रयोग सुरु गरिएको छ। चीन सरकारले नेपाललाई उपलब्ध गराएका चार वटा आधुनिक ड्रोनमार्फत सामान ढुवानी थालिएको हो।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम बोक्ने क्षमता १०० किलोग्राम रहेको छ। “एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री सजिलै बोक्न सकिन्छ,” उनले भने। परीक्षणपछि अब यी ड्रोनहरू रसुवालगायत बाढीबाट प्रभावित दुर्गम भेगहरूमा परिचालन गरिनेछ।

भीषण बाढी र पहिरोका कारण सडकमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएका र भौगोलिक विकटताका कारण हेलिकप्टर समेत अवतरण गर्न कठिन रहेका स्थानहरूमा राहत पुर्‍याउन यो प्रविधि निकै प्रभावकारी हुने विश्वास लिइएको छ। (तस्बिर : नेपाल फोटो लाइब्रेरी)

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ९ : ३३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का