बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ « Khabarhub

बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस् : ऊर्जामन्त्री श्रेष्ठ


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । उनले सूचना प्रविधिको युगमा नागरिक बिल तिर्न कार्यालयमा घण्टौँ लाइन बसिरहने अवस्था अन्त्य गर्न आवश्यक रहेको बताए।
  
मन्त्री श्रेष्ठले विद्युत् प्राधिकरण सञ्चालक समितिबाट ‘डिजिटल पेमेन्ट’लाई प्रभावकारी रुपमा विस्तार गर्ने योजना स्वीकृत भएको जानकारी दिँदै उनले त्यसको तलसम्मै प्रभावकारी कार्यान्वयनमा जोड दिए। 

हेटौँडामा विद्युत् डिभिजन कार्यालय प्रमुखसँगको छलफलमा उनले भने, ‘डिजिटल पेमेन्टलाई अझ बढी विस्तार गर्नुपर्यो । यसबाट नागरिकको समय बचत हुने, लागत घटाउन र कर्मचारी व्यवस्थापन गर्न पनि हामीलाई सहज हुन्छ, त्यसकारण डिजिटल पेमेन्टलाई अभियानकै रुपमा अगाडि बढाइनुपर्छ ।’

विद्युतीय भुक्तानीको ग्राफ बढे पनि सन्तोषजनक नरहेको र अझै पनि नागरिक लाइनमा बस्नु परिरहेको उनको भनाइ थियो ।

विद्युत् चुहावट नियन्त्रण र विद्युत् संरचनाको संरक्षण गर्नु सबैको समान दायित्व रहेको जनाउँदै मन्त्री श्रेष्ठले पोल पुनर्निर्माण मात्र होइन पोलको मर्मतसम्भार तथा गस्ती गर्न पनि डिभिजन प्रमुखहरूलाई निर्देशन दिए । 

उनले डिभिजन कार्यालय प्रमुखलाई निर्णय गर्ने ठाउँमा सुशासन र शासकीय सुधारलाई मूल मन्त्र बनाएर जिम्मेवारी बहन गर्न पनि निर्देशन दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : २५ बजे

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना

काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ।

नेपाल राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका नयाँ सिक्का ल्याउने

विकासोन्मुख देशको आवश्यकतामा केन्द्रित हुँदै चीनको विकास पहल

बेइजिङ- चीनले अघि सारेको विश्वव्यापी विकास पहल (जीडीआई) पाँच वर्ष पूरा

गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम

मुस्ताङ– चाडपर्वमा गुल्जार हुने  मुस्ताङको कागबेनी तीर्थस्थल गुमनाम बनेको छ

बाढीमा आमाबुवा गुमाएका बालबालिकाको व्यवस्थापन : दीर्घकालीन स्याहार योजना कार्यक्रममा समावेश

काठमाडौं– भोटेकोशी बाढीका कारण आमाबुवा गुमाएका उत्तरगया गाउँपालिका–१ का बालबालिका