महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना « Khabarhub

महिला उपसभापति र महामन्त्रीमा भुसाल र संग्रौला निर्विरोध हुने सम्भावना



काठमाडौँ – नेपाली कांग्रेसले चारजना उपसभापति बनाउने विधान थपेको छ। जसमा एक वरिष्ठ उपसभापतिसहित तीनजना अरू उपसभापति रहनेछन्।

तीन उपसभापतिमध्ये दुईजना खुलाबाट र एकजना महिला अनिवार्य गरिएको छ। १५औँ महाधिवेशनकी उपसभापतिका दाबेदार पुष्पा भुसाल निर्विरोध हुने सम्भावना बढेको छ।

अहिलेसम्म कसैले पनि उपसभापतिका लागि आकांक्षा नगरेकाले उनी निर्विरोध हुने सम्भावना बढेको हो। भुसालले पनि अहिलेसम्म साथीभाइहरूसँग कुरा गर्दा कसैले पनि उपसभापतिमा उम्मेदवारी दिने सम्भावना नरहेको बताउँछिन्। उनी महिला उपसभापतिका लागि आफूलाई नै सबैले अगाडि बढ्नु भनेपछि आफूले उम्मेदवारी दिन लागेको जानकारी दिइन्। तर अहिलेसम्म अरू महिलाले उपसभापतिमा दाबी नगरेकाले आफू सर्वसम्मत हुने सम्भावना पनि रहेको उनको भनाइ छ।

कानुनकी विद्यार्थीसमेत रहेकी भुसाल कांग्रेसकी प्रखर नेत्रीका रूपमा चिनिन्छिन्। उनी गत पुसको अन्तिम साताबाट कांग्रेसकी उपसभापति बनेकी थिइन्। पार्टीको संगठन निर्माण र तल्लो तहसम्म खटेर काम गर्ने भुसाल पार्टीभित्र वैचारिक आवाज उठाउने व्यक्तिका रूपमा परिचित छिन्। नेपाली कांग्रेसकी सहमहामन्त्रीकी उम्मेदवार प्रतिमा गौतम पनि उपसभापतिमा महिला कसैले पनि दाबी नगरेकाले भुसाल सर्वसम्मत हुने सम्भावना बढेको बताउँछिन्।

कांग्रेसको समावेशी सिद्धान्तलाई अवलम्बन गर्दै आफू उपसभापतिमा दाबी गरिरहेको बताउँछिन्। उनी निर्वाचनको प्रक्रिया लडेरै भए पनि उपसभापति बन्ने बताउँछिन्। तर अहिलेसम्म उपसभापतिमा कोही पनि महिला नदेखेका कारण सर्वसम्मत हुने सम्भावना बढेको छ।

महामन्त्रीमा डिला पनि एक्लै

नेपाली कांग्रेसले विधान संशोधन गरेर तीनजना महामन्त्री बनाउने प्रक्रिया अगाडि बढाएको छ। जसमा दुईजना खुलाबाट निर्वाचित हुनेछन् भने एकजना महिला अनिवार्य राखिएको छ। अहिलेसम्म उम्मेदवारी घोषणा गरेका नेत्रीहरूमध्ये डिला संग्रौला महामन्त्रीको उम्मेदवारमा एक्ली दाबेदार छिन्। डिला अहिलेसम्म कसैले महामन्त्रीमा दाबी नगरेको र आफूहरूलाई साथीहरूले नै अगाडि बढ्नु भनेपछि उम्मेदवार घोषणा गरेको बताउँछिन्।

पूर्वसभापति शेरबहादुर देउवा निकट नेत्री मानिएकी संग्रौला केही हप्ता अगाडि मात्रै संस्थापन पक्षको कांग्रेसमा आएकी थिइन्। उनी यता आएपछि महामन्त्रीको उम्मेदवार रहेको बताइन्छ। नेपाली कांग्रेसलाई एक बनाउन र पार्टी संगठन जरादेखि निर्माण गर्नका लागि आफू महामन्त्रीमा उम्मेदवार रहेको उनी बताउँछिन्। अरू नेत्रीहरूलाई बुझ्दा महामन्त्रीमा अहिलेसम्म कसैले पनि उम्मेदवारी दिएका छैनन्।

विगतमा कांग्रेसमा उपसभापति र महामन्त्रीमा महिला राख्ने विधान थिएन। यसपटक विधान संशोधन गरेर यो व्यवस्था ल्याइएको हो। यसपालि सहमहामन्त्रीमा पनि थुप्रै महिलाहरू आउनेछन्। सभापतिले मनोनित गर्ने चार सहमहामन्त्रीमध्ये एक महिला अनिवार्य र छुट्टै महिला क्लस्टरबाट एक सहमहामन्त्री महिला अनिवार्य गरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ०४ बजे

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका –०७ लालपुरमा मोटरसाइकल आफैँ अनियन्त्रित भई

व्यापार तनाव घटाउन ईयू–चीन वार्त

ब्रसेल्स– बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबीच (युरोपेली सङ्घ)ईयू र

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

काठमाडौँ- सरकारले अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार कार्य हालका लागि