तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर « Khabarhub

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर



काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भइसकेका नैनसिंह महर महामन्त्रीमा उठ्ने तयारीमा छन् । उनी निर्वाचन हुनुपर्ने र निर्वाचन लडेरै महामन्त्रीमा आउने दाबी गरिरहेका छन् ।

राजनीतिशास्त्र अध्ययन गरेका महर पूर्वसभापति शेरबहादुर देउवा निकट नेता हुन्। उनलाई पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको पनि साथ थियो। धेरैले उनलाई शेरबहादुर देउवा र पूर्णबहादुरले नै महामन्त्रीमा उठ्न उक्साएको आक्षेप लाग्ने गरेको छ। तर यसबारे प्रश्न गर्दा उनी यो आरोप स्वीकार्न तयार छैनन् ।

आफूले नै विवेक प्रयोग गरेर महामन्त्रीमा उठ्ने तयारी गरेको र यो तयारी तीन वर्ष अगाडिदेखिकै भएको कारण आफू निर्वाचन प्रक्रियाबाट जसरी पनि महामन्त्री बन्ने दाबी उनले गरे । अहिले कांग्रेस विभिन्न धारमा विभाजित भएकाले आफू महामन्त्री भएपछि संगठनात्मक धार एक ठाउँमा ल्याउने र बलियो कांग्रेस बनाउने दाबी महरको छ।

सो त नेपाली कांग्रेसको महामन्त्री पदका लागि अहिले एक दर्जनभन्दा बढी नेताहरू मैदानमा देखिन्छन् । महामन्त्रीका प्रत्याशीमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेल, गुरु घिमिरे, डा. सुनिल शर्मा, महालक्ष्मी उपाध्याय डिला, अमरसिंह पुन, उदयशमशेर राणा, जीवन परियार, देवराज चालिसे लगायतका नेताहरू छन्। उनीसँग खबरहबले गरेको छोटो कुराकानी :

कांग्रेसको १५औँ महाधिवेशन चलिरहेको छ। कस्तो तयारी गरिरहनुभएको छ ?

हो, मैले तीन वर्ष अगाडिदेखि नै महामन्त्रीमा उठ्ने तयारी गरिरहेको थिएँ । म जस्तो अवस्थामा पनि महामन्त्रीमा लड्छु । महाधिवेशनमा मलाई जिताउन भनेर ७,२०० बढी साथीहरू काठमाडौँ आउनुभएको छ। एकदमै धेरै उत्साहजनक ढंगले मलाई साथ र सपोर्ट गरिरहनु भएको छ।

म के भन्न चाहन्छु भने प्रस्तावक, समर्थक सबै टुंग्याएर महामन्त्रीमा इच्छा जाहेर गर्ने धेरै साथीहरूले उम्मेदवारी दिन सक्नुहुन्छ । यसमा कसैले रोकतोक गर्दैन। हामी प्रजातन्त्रका अनुयायी हौँ। मेरो कुरा के छ भने निर्वाचनको प्रक्रियामा गएर नै म महामन्त्रीमा जित्ने हो।

सर्वसम्मत ढंगले भन्दा पनि म निर्वाचनको प्रक्रियामार्फत नै महामन्त्री चुनिन चाहन्छु। एउटा व्यक्तिको विचारलाई प्रधान बनाउनको निम्ति जनताको अभिमत नै लोकप्रिय हुन्छ। म महामन्त्री भएर नेपाली कांग्रेसलाई साँच्चिकै सापेक्षिक र जनताको लोकप्रिय पार्टी बनाउने सङ्कल्प राख्दछु।

धेरै शीर्षदेखि लिएर तपाईँ पहिलाका केन्द्रीय सदस्य पनि महामन्त्रीमा उठ्ने तयारीमा हुनुहुन्छ। सहमति गरेको खण्डमा महामन्त्रीसम्म बन्ने रणनीति हो ?

साथीहरूसँग संवाद गरेको र साथीहरूले दिएको प्रतिक्रिया अनुसार म निर्वाचन नै लड्ने हो । जुनसुकै हालतमा पनि म निर्वाचन लडेर नै महामन्त्री हुन्छु। यदि निर्वाचनको प्रक्रियाले जस्तो रिजल्ट दिन्छ, त्यसलाई हामीले स्वीकार्नुपर्छ । तर म फेरि पनि भन्छु सर्वसम्मत ढंगले अथवा महामन्त्रीभन्दा अरू पदमा जाने तयारीमा बिल्कुल छैन ।

भुइँ तहका कांग्रेसको आवाज केन्द्रमा उठाउन पनि म महामन्त्रीमा लड्नै पर्छ। म जितको लागि एक कदम अगाडि बढिसकेको अवस्था छ । जितको यात्रा सुरु भइसक्यो। तीनतिर छरिएको कांग्रेसलाई एक बनाएर अगाडि लान पनि मैले महामन्त्रीमा उम्मेदवारी दिनैपर्छ । निर्वाचन जित्ने विश्वास महाधिवेशन प्रतिनिधिले दिनुभएको छ।

भुइँ तहका कांग्रेसको आवाज केन्द्रमा उठाउन पनि म महामन्त्रीमा लड्नै पर्छ। म जितको लागि एक कदम अगाडि बढिसकेको अवस्था छ ।

तपाईँलाई त पूर्वसभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको साथ छ ?

यो कुरा बिल्कुल गलत छ । तपाईँलाई कसैले कान फुकेको हुनसक्छ यो बिल्कुल होइन।

तपाईं हिजो शेरबहादुर र पूर्णबहादुर खड्का निकट नेता हुनुहुन्थ्यो । त्यसकारण पनि विभिन्न अड्कल कार्यकर्ता तहबाट आउँछ नि हैन र ?

हिजोका दिनमा एउटा अवस्था थियो होला। उहाँहरूले भिड्न पठाएको भने बिल्कुल होइन। किनभने म आफैँ विवेक प्रयोग गर्न सक्ने व्यक्ति हुँ। म राजनीतिशास्त्र र अर्थशास्त्र सँगै अध्ययन गरिरहेको मान्छे हुँ। मलाई क्या गर्दा कस्तो हुन्छ भन्ने कुराको राम्रो ज्ञान छ।

अब अहिले शेरबहादुर दाइ, पूर्ण दाइ र हामी अलग अलग कोर्समा छौँ । अलग बाटोमा लागिसकेपछि उहाँहरूलाई मेरो सम्मान छ । तर उहाँहरूले मलाई महामन्त्रीमा उठाउन कुनै पनि भूमिका खेल्नुभएको छैन ।

तपाईँलाई कांग्रेसको महामन्त्रीमा किन भोट दिने ?

भुइँतहको कांग्रेसको कुरा बुझ्छु। राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध खलबलिएको बेला राष्ट्रिय अन्तर्राष्ट्रिय कुरा बुझ्छु। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छु । युवापुस्ता सबैको भावना अनुसारको कांग्रेस बनाउन सक्छु। अहिलेसम्म कांग्रेसका जति पनि ठाउँ छन्, त्यहाँ निर्वाचनको प्रक्रियामा भाग लिएर मात्रै आएको छु।

वर्तमान मुद्दाहरू बुझ्छु । राजनीतिशास्त्र र त्योभित्र अर्थशास्त्र कस्तो हुन्छ भन्ने कुरालाई बुझ्छु। आज चन्द्रमामा विभिन्न देशले घर बनाउन होडबाजी गरिरहेका बेला नेपाली युवाको चेत पनि खोलेको छ।

समाजको चेतनामा विकास भएको छ। हाम्रो कांग्रेसको स्थापनाकालभन्दा बेलाको भन्दा आज धेरै कांग्रेसी र मान्छेको चेत फेरिएको छ। नेपाललाई विश्व मञ्चमा कमजोर होइन कि बलियो राष्ट्रको रूपमा उकास्न कसरी मेहनत गर्नुपर्छ भन्ने मलाई थाहा छ।

समाजको चेतनामा विकास भएको छ। हाम्रो कांग्रेसको स्थापनाकालभन्दा बेलाको भन्दा आज धेरै कांग्रेसी र मान्छेको चेत फेरिएको छ। नेपाललाई विश्व मञ्चमा कमजोर होइन कि बलियो राष्ट्रको रूपमा उकास्न कसरी मेहनत गर्नुपर्छ भन्ने मलाई थाहा छ।

पत्रकारिता गरेको भएर पनि प्रेस स्वतन्त्रताको विषय पनि मैले धेरै बुझेको छु। मुख्य कुरा के हो भने तीन-चारतिर बाँडिएको कांग्रेसलाई एक बनाएर लानका लागि पनि मैले महामन्त्रीमा उम्मेदवारी दिएको हो। त्यो तीन-चारवटा अवस्थामा छरिएको कांग्रेस एक बनाउने सूत्र मसँग छ ।

अबको १५औँ महाधिवेशनमा कांग्रेसको नेतृत्वमा को आउँछ ?

नयाँ नेतृत्व चुन्ने हो, नेतृत्व पुरानै पनि आउन सक्नुहोला। अहिलेसम्म नेतृत्वमा धेरैले इच्छा जाहेर गरेको देखिँदैन । त्यसकारण गगनजी नै पनि आउन सक्नुहुन्छ । उहाँ आउनुभएको खण्डमा पनि हामीलाई समस्या हुँदैन। मतदाताको अधिकारको विषय हो, भरसक नेतृत्वमा निर्विरोध आउने सम्भावना पनि देखिँदैछ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ५९ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी