महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु « Khabarhub

महामन्त्रीमा उम्मेदवारी दिएपछि डिलाले भनिन्- महिलाका मुद्दा उठाउँछु


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । 

सोमबार महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिन् । 

आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन् । 

विद्यार्थी राजनीतिदेखि सुरु गरी २०३६ को जनमत सङ्ग्रह, २०४६ को परिवर्तन र २०६२/६३ को जनआन्दोलनमा सहभागी भएको लामो अनुभव रहेको भन्दै उनले आफ्नो अनुभवले युवा पुस्ता र पुराना पुस्तालाई जोड्दै सन्तुलित रूपमा अगाडि बढ्न मद्दत पुर्‍याउने धारणा राखे । 

गगन कुमार थापाको नेतृत्वमा भइरहेको पार्टीको रूपान्तरण अभियानमा सह–महामन्त्रीका रूपमा पहिले पनि काम गरिसकेको र यसलाई अझ सुदृढ बनाउन थप क्रियाशील हुने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : २१ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४