काठमाडौं– नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
सोमबार महाधिवेशन स्थल खुलामञ्चमा पत्रकार सम्मेलन गर्दै उनले महिला महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरिन् ।
आफूले महिलाका बाँकी रहेका मुद्दा तथा सवालहरूलाई अझ सशक्त रूपमा उठाउनका लागि महामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनले बताइन् ।
विद्यार्थी राजनीतिदेखि सुरु गरी २०३६ को जनमत सङ्ग्रह, २०४६ को परिवर्तन र २०६२/६३ को जनआन्दोलनमा सहभागी भएको लामो अनुभव रहेको भन्दै उनले आफ्नो अनुभवले युवा पुस्ता र पुराना पुस्तालाई जोड्दै सन्तुलित रूपमा अगाडि बढ्न मद्दत पुर्याउने धारणा राखे ।
गगन कुमार थापाको नेतृत्वमा भइरहेको पार्टीको रूपान्तरण अभियानमा सह–महामन्त्रीका रूपमा पहिले पनि काम गरिसकेको र यसलाई अझ सुदृढ बनाउन थप क्रियाशील हुने उनको भनाइ छ ।














प्रतिक्रिया