ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल « Khabarhub

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो बोल्सोनारोले अग्रता लिएका छन् । पहिलो चरणको मतदानमा ४७ प्रतिशत मतसहित वर्तमान राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भालाई फ्लेभियोले पछि पारेका हुन् । लुलाले ४५ प्रतिशत मत पाएका छन् ।

उनीहरूबीच अक्टोबर २५ मा दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ । बोल्सोनारो परिवारका अन्य सदस्यले पनि निर्वाचनमा सफलता हासिल गरेका छन् । परिवारसम्बद्ध लिबरल पार्टीले सिनेटका ५४ मध्ये १९ सिट जित्दै सबैभन्दा ठूलो शक्ति बनेको छ ।

जाइर बोल्सोनारोकी पत्नी मिशेलले फेडरल डिस्ट्रिक्टबाट सिनेटका लागि सबैभन्दा धेरै मत प्राप्त गरेकी छन् भने उनका छोरा कार्लोस सान्ता क्याटरिनामा दोस्रो धेरै मत पाउने सिनेट उम्मेदवार बनेका छन् । सबैभन्दा कान्छा छोरा जाइर रेनान र जाइरका भाइ रेनाटो पनि क्रमशः सान्ता क्याटरिना र साओ पाउलोबाट सङ्घीय सांसदमा निर्वाचित भएका छन् ।

जाइर बोल्सोनारोलाई सत्ता कब्जाको षड्यन्त्रमा दोषी ठहर गरिएपछि सन् २०३० सम्म निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लगाइएको छ । फ्लेभियो राष्ट्रपतिमा निर्वाचित भएमा जेलमा रहेका पितालाई माफी दिलाउने प्रतिबद्धता पूरा गर्न परिवारका सांसदहरूको सहयोग लिन सक्नेछन् ।

त्यसका लागि काङ्ग्रेसका दुवै सदनको स्वीकृति आवश्यक पर्नेछ । लुला पुनः निर्वाचित हुनुभए पनि रूढीवादी सांसदहरूको प्रभाव रहेको काङ्ग्रेसबाट आफ्ना नीति अघि बढाउन उनलाई चुनौती हुने देखिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : २४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४