इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु « Khabarhub

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्वका क्रममा तीन वर्षमा सैनिक, सुरक्षाकर्मी तथा उद्धार कार्यमा संलग्न गरी १ हजार ३१८ जनाको मृत्यु भएको जनाएको छ।

हमास नेतृत्वको आक्रमणको तेस्रो वार्षिकोत्सवअघि आइतबार सार्वजनिक गरिएको मन्त्रालयको तथ्यांकअनुसार मृतकमा इजरायली सैनिक तथा प्रहरी, सिन बेटका कर्मचारी, जेल सेवाका कर्मचारी, अग्निनियन्त्रक, उद्धारकर्मी, स्थानीय सुरक्षा संयोजक तथा आपत्कालीन प्रतिक्रिया टोलीका सदस्य छन्।

मन्त्रालयका अनुसार उक्त तथ्यांकमा अक्टोबर ७ को आक्रमणपछि गाजा, कब्जा गरिएको पश्चिम किनारा, लेबनान, सिरिया र इराकमा इजरायलले सञ्चालन गरेका सैन्य कारबाहीमा मारिएका सुरक्षाकर्मी समावेश छन्। यमनमा इरान र हुथी समूहविरुद्ध गरिएका सैन्य कारबाहीमा मारिएका सुरक्षाकर्मीलाई समेत तथ्यांकमा समेटिएको छ।

सन् २०२३ अक्टोबर ७ मा हमास नेतृत्वमा भएको आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाइएको इजरायलले जनाएको थियो। त्यसपछि इजरायलले गाजा पट्टीमा सैन्य कारबाही सुरु गरेको थियो, जुन क्रमशः मध्यपूर्वका अन्य क्षेत्रमा समेत विस्तार भएको थियो।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य कारबाहीका क्रममा हालसम्म ७४ हजार २२८ भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ भने १ लाख ७५ हजार १८८ जना घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी ९युएनआरडब्लुए० का अनुसार गाजाका करिब ८२ प्रतिशत संरचना, अर्थात् झन्डै २ लाख भवन, क्षतिग्रस्त भएका छन्। तीमध्ये करिब दुई तिहाइ पूर्ण रूपमा ध्वस्त भएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले सन् २०२५ सेप्टेम्बरमा पूर्वी जेरुसेलमसहित अधिकृत प्यालेस्टिनी क्षेत्रमा इजरायलले प्यालेस्टिनीविरुद्ध नरसंहार गरिरहेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो। आयोगले गाजामा भइरहेका अत्याचार तत्काल रोक्न इजरायललाई आह्वान गरेको थियो।

द्वन्द्वको प्रभाव गाजाबाहिर पनि परेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ मार्च २ यता इजरायली आक्रमणमा ४ हजार ५७ जनाको मृत्यु र १२ हजार १२१ जना घाइते भएका छन्।

त्यस्तै, इरानको सरकारी समाचार संस्था इरनाले अप्रिलमा इरानी अधिकारीलाई उद्धृत गर्दै इजरायल र अमेरिकाविरुद्ध ४० दिन चलेको द्वन्द्वमा ३ हजार ४६८ जनाको मृत्यु भएको जनाएको थियो। मृतकमध्ये १ हजार ४६० जना सर्वसाधारण रहेको उल्लेख गरिएको थियो।

कब्जा गरिएको पश्चिम किनारामा पनि हिंसा बढेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सन् २०२६ जुलाई २४ सम्म पश्चिम किनारामा १ हजार १२२ प्यालेस्टिनी मारिएका छन्।

सिरियामा बशर अल–असद सरकारको पतनपछि इजरायली सेना इजरायल–सिरिया बफर क्षेत्रमा प्रवेश गरेको छ। सन् १९७४ को विच्छेद सम्झौताअन्तर्गत स्थापित उक्त क्षेत्र संयुक्त राष्ट्रसङ्घको निगरानीमा रहेको असैन्यीकृत क्षेत्र हो।

यसैबीच, अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२४ नोभेम्बरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तत्कालीन रक्षामन्त्री योव ग्यालेन्टविरुद्ध युद्ध अपराध तथा मानवताविरुद्धका अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो। इजरायलले आईसीसीको उक्त निर्णय अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : ३८ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृहमन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन