चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते « Khabarhub

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो जिप एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार आज दिउँसो १ः३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना.६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो जिप एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा जिपमा सवार कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियार गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा दिउँसो २ः३९ बजे भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपमा सवार सावित्री माझी, उमा श्रेष्ठ, कविता परियार, मैया कुमारी लोप्चन, जुनी सुनार, उमा वाईवा, पवित्रा विक, लालकुमारी गुम्बा, जिप चालक कोमलबहादुर श्रेष्ठ र सीतामाया श्रेष्ठ घाइते भएका छन्। उनीहरू सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनापछि घटनास्थलमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो। प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ बस्ने ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ।

जिप चालक श्रेष्ठ पनि घाइते भएकाले अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : १९ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली