आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो « Khabarhub

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार आइसल्यान्डको भ्रमण गर्दै छन्।

ग्रिनल्यान्डमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीच सुरक्षा सम्झौता भएको दुई सातापछि हुन लागेको रुबियोको आइसल्यान्ड भ्रमणमा आर्थिक तथा सुरक्षा सहकार्यका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

सम्झौताअनुसार अमेरिकाले ग्रिनल्यान्डमा दुई नयाँ सैन्य आधार स्थापना गर्ने योजना बनाएको छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई खरिद गर्ने वा अमेरिकामा विलय गर्ने धम्कीसमेत दिएका थिए।

आर्कटिक क्षेत्रमा रूस र चीनको गतिविधि तथा चासो बढिरहेका बेला अमेरिकाले आफ्नो रणनीतिक पहुँच र उपस्थितिलाई थप सुदृढ गर्न खोजिरहेको छ।

आफ्नो राष्ट्रिय सुरक्षाका लागि आइसल्यान्ड उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) र सन् १९५१ मा अमेरिकासँग भएको द्विपक्षीय रक्षा सम्झौतामा निर्भर छ। सन् १९४४ मा स्वतन्त्र भएयता आइसल्यान्डसँग आफ्नै स्थायी सेना छैन।

गत सेप्टेम्बरमा राष्ट्रपति ट्रम्पले उत्तर अमेरिका, क्यारिबियन, ग्रिनल्यान्ड र आइसल्यान्डलाई ‘संयुक्त राज्य अमेरिका’ का रूपमा देखाइएको एआई नक्सा सार्वजनिक गर्नुभएको थियो। त्यसप्रति आपत्ति जनाउँदै आइसल्यान्डले अमेरिकी राजदूतलाई बोलाएको थियो।

यसैबीच, आइसल्यान्डका नागरिकले गत अगस्टमा युरोपेली सङ्घ (इयु) मा सामेल हुने विषयमा वार्ता पुनः सुरु गर्ने पक्षमा ५२.८ प्रतिशत मत दिएका थिए।

सन् २०२१ मा तत्कालीन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनपछि रुबियो आइसल्यान्ड भ्रमण गर्ने पहिलो अमेरिकी विदेशमन्त्री छन् ।

आइसल्यान्ड भ्रमणपछि रुबियो नाटो सदस्य राष्ट्र ग्रिस पुगेर क्षेत्रीय तथा ऊर्जा सुरक्षासम्बन्धी रणनीतिक संवादमा सहभागी  हुनेछन्। त्यसपछि उनी पोर्चुगलको राजधानी लिस्बन पुगेर युरोप भ्रमण पूरा गर्नेछन्।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ४६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली