कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा « Khabarhub

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी लामो समयदेखि कांग्रेसको विद्यार्थी तथा युवा संगठनमा सक्रिय छन्। पार्टी संगठनसँगै समाजसेवा, उद्यम तथा स्थानीय विकास निर्माणका गतिविधिमा समेत सक्रिय उनले आफूले हासिल गरेको संगठनात्मक अनुभवलाई केन्द्रीय तहमा उपयोग गर्ने बताएका छन् ।

चौधरीले लोकतन्त्रमा युवाको सहभागिता देश विकासका लागि आवश्यक रहेको भन्दै युवालाई केवल संख्याका रूपमा नभई नीति निर्माण र निर्णय प्रक्रियामै सहभागी गराउनुपर्नेमा जोड दिएका छन् ।

उनले कांग्रेसलाई समयअनुकूल, आधुनिक र गतिशील बनाउन नयाँ पुस्ताको प्रवेश आवश्यक रहेको बताए। युवालाई पार्टीमा प्रवेश गराउने मात्रै नभई जिम्मेवारी दिने, काम गर्ने अवसर सिर्जना गर्ने र योग्यताका आधारमा नेतृत्व विकास गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ ।

चौधरीले नेतृत्वमा पुस्तान्तरणको स्पष्ट संस्कार विकास गर्नुपर्ने बताएका छन्। एउटै पुस्ता लामो समयसम्म नेतृत्वमा रहिरहनेभन्दा क्षमता र योगदानका आधारमा नेतृत्व हस्तान्तरण हुँदै जाने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

‘यस पटक केन्द्रीय नेतृत्व तहमा युवाको प्रवेश हुँदै छ, यो हाम्रा लागि खुसीको कुरा हो,’ उनले भने, ‘महाधिवेशनले युवाको मर्म र भावनालाई आत्मसात् गरेर विचार, संगठन र कार्यक्रममा प्रस्ट नीति बनाउनुपर्छ। प्रवेशसँगै बहिर्गमनको व्यवस्था पनि हुनुपर्छ। यसले पार्टीलाई गतिशील बनाउँछ।’

चौधरीले जेनजी आन्दोलनपछि युवामा राजनीतिप्रति प्रत्यक्ष चासो बढेको बताएका छन्। आन्दोलनले नयाँ पुस्ताका राजनीतिक अपेक्षा र परिवर्तनको चाहनालाई थप स्पष्ट बनाएको उनको बुझाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ९ : २१ बजे

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई