भिरबाट खसेर एक जनाको मृत्यु « Khabarhub

भिरबाट खसेर एक जनाको मृत्यु


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर ङादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको भिरबाट खसेर आज मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका-८ का ३७ वर्षीय राजकुमार चौधरीको भिरबाट लडेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार आज बिहान आयोजनाको काममा खटिएका बेला चौधरी कार्यस्थल नजिकैको भिरबाट करिब २० मिटर तल खसेका थिए । भिरबाट खसेर गम्भीर घाइते हुनुभएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो ।

उपचारका क्रममा चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका सूचना अधिकारी क्षेत्रीले जानकारी दिए। चौधरीको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लमजुङमा राखिएको जनाउँदै पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी भइरहेको उनले बताए । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको सूचना अधिकारी क्षेत्रीले बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १० : १४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले