आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस् « Khabarhub

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६ नोभेम्बर ५ तारिख। कार्तिक कृष्ण पक्षको एकादशी तिथि।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ५३ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सप्तरङ्गी पर्व तिहार : पशुपन्छी पूजादेखि भाइटीकासम्म

काठमाडाैँ – सप्तरङ्गी तिहार । संसारमा सायदै यस्ता पर्व अरू

आज २०८३ साल कात्तिक २३ गते सोमबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २३ गते सोमबार सन् २०२६

कम छैन फूल उत्पादन गर्ने किसानको दुःख

भक्तपुर – तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा

दिल्लीको गार्मेन्ट कारखानामा भीषण आगलागी

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती