सलमानको ११ वर्षपछि गायनमा कमब्याक, ‘तेरी सेक्सी ब्युटी’ले बढायो ‘मातृभूमि’को चर्चा « Khabarhub

सलमानको ११ वर्षपछि गायनमा कमब्याक, ‘तेरी सेक्सी ब्युटी’ले बढायो ‘मातृभूमि’को चर्चा


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि गायनमा फर्किएका छन्। करिब ११ वर्षपछि उनले आफ्नो आगामी फिल्म ‘मातृभूमि’का लागि गीत गाएका छन्। बुधबार बिहान कुनै पूर्वसूचनाबिनै सार्वजनिक गरिएको ‘तेरी सेक्सी ब्युटी’ नामक गीतले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ।

गीतमा सलमानसँगै गायिका मुस्कानको स्वर सुन्न सकिन्छ। साजिद खानको शब्द तथा संगीत रहेको गीतको भिडियोमा सलमान अभिनेत्री चित्रांगदा सिंहसँग रोमान्टिक अन्दाजमा प्रस्तुत भएका छन्।

सलमानका लागि यो गीत विशेष छ। किनभने उनले लामो समयदेखि कुनै फिल्मका लागि पार्श्वगायन गरेका थिएनन्। सन् २०१५ मा प्रदर्शन भएको फिल्म ‘हिरो’को ‘मै हुँ हिरो तेरा’ उनको पछिल्लो चर्चित फिल्मी गीत थियो। त्यसअघि ‘ह्याङओभर’, ‘बेबीको बास पसन्द है’ र ‘जग घुमेया’ जस्ता गीतमार्फत उनले दर्शकको मन जितेका थिए।

यद्यपि, फिल्मी गीतबाट टाढा रहे पनि सलमानले गायन भने छाडेका थिएनन्। सन् २०२० मा उनले ‘प्यार करोना’, ‘तेरे बिना’ र ‘भाइ भाइ’ जस्ता स्वतन्त्र गीत सार्वजनिक गरेका थिए।

नयाँ गीत सार्वजनिक भएसँगै एउटा प्रश्नले पनि दर्शकको ध्यान खिचेको छ। युद्धको कथामा आधारित भनिएको ‘मातृभूमि’मा किन यस्तो रोमान्टिक र रमाइलो गीत राखियो? गीतको शैली र फिल्मको कथावस्तुबीचको भिन्नतालाई लिएर दर्शकले आश्चर्य व्यक्त गरिरहेका छन्।

अपूर्व लाखियाको निर्देशनमा बनेको फिल्ममा सलमान भारतीय सैनिकको भूमिकामा छन् भने चित्रांगदा उनकी पत्नीको चरित्रमा देखिनेछिन्। फिल्मको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  २ : ०३ बजे

तिहार खर्च जुटाउन तानसेनमा काठका सामग्री बेच्दै राउटे

पाल्पा– राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।

मानव-वन्यजन्तु द्वन्द्व घटाउन नीति तथा कानुन पुनरावलोकन गर्नुपर्ने मन्त्री चौधरीको भनाइ

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका

तस्बिरमा हेर्नुहोस्, लुम्बिनीको ब्याटिङ र जनकपुरको बलिङ

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले

लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले

सलमानको ११ वर्षपछि गायनमा कमब्याक, ‘तेरी सेक्सी ब्युटी’ले बढायो ‘मातृभूमि’को चर्चा

काठमाडौं– बलिउड अभिनेता सलमान खान फेरि गायनमा फर्किएका छन्। करिब