प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ « Khabarhub

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक मनोज केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् ।

प्रधानमन्त्री शाहले देशको शान्ति सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई  प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्तिसुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ३ : ३३ बजे

नेप्सेमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से

प्रस्तावित चार न्यायाधीशविरुद्ध भोली र पर्सी संसदीय सुनुवाइ गर्ने

काठमाडौं– संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध

चलाल गणेशस्थान खानी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक– बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै उद्योगबाट निस्किएको

अमेरिकी निर्भरता घटाउँदै व्यापार विविधीकरण गर्ने क्यानाडाको नयाँ बजेट

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिका कारण अर्थतन्त्र

अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १६ रनले पराजित

काठमाडौँ – नेपाल प्रिमियर लिग (एलपीएल) तेस्रो संस्करणको अपराजित टिम