काठमाडौँ – नेपाल प्रिमियर लिग (एलपीएल) तेस्रो संस्करणको अपराजित टिम लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हाराएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गरेर लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रनमा रोकिएको हो ।
जनकपुरका लागि अन्तिममा आएर आतित्य महतले ३० रन बनाए पनि त्यो पर्याप्त भएन । उसका लागि कप्तान हर्मित सिंहले सर्वाधिक ३३ रन बनाउँदा सैफ हसनले २८ र तृतराज दासले १८ रन बनाउनुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरलाई सस्तैमा रोक्न लुम्बिनीका लागि डार्सी सटले तीन विकेट हात पार्दा तिलक भण्डारी र शेर मल्लले दुईदुई विकेट लिए भने रबेन ट्रम्पलम्यानले एक विकेट हात पारे ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउँदा निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान दिएका थिए । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन जोडेका थिए ।
जनकपुरका लागि राहुल यादव र विशाल सुस्लिङले समान दुई विकेट लिँदा कप्तान हरमित सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट हात पारेका थिए ।
यो जितसँगै मात्र चार खेल खेलेर शीर्ष स्थानमा रहेको लुम्बिनीले सात अंक जोडेको छ भने पाँच खेल खेलेर चार अंक मात्र बनाएको जनकपुर चौथो स्थानमा थयावत छ ।














































प्रतिक्रिया