काठमाडौं – म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत पुरस्कार वितरण सुरु भएको छ। अभियानमा मोटरसाइकल र स्कुटर जितेका चार जना विजेतालाई काठमाडौं र विराटनगरमा आयोजित कार्यक्रममार्फत पुरस्कार हस्तान्तरण गरिएको छ।
काठमाडौंको सिफलस्थित नेपाल प्रिमियर लिग (एनपीएल) स्क्रिनिङ स्थलमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुंगेललाई मोटरसाइकल प्रदान गरिएको छ।

त्यस्तै, विराटनगरको पुरानो गुद्रीमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममा धरानका अनोज कुमार अधिकारीले स्कुटर र विराटनगरका विनोद पोखरेलले मोटरसाइकल प्राप्त गरेका छन्।
म्याक्स टाइगरको क्यानको बिर्कोमार्फत पुरस्कार जितेका उनीहरूले सामान्य रूपमा इनर्जी ड्रिङ्क खरिद गर्दा मोटरसाइकल र स्कुटर प्राप्त गर्ने अवसर पाएको बताएका छन्। पुरस्कार प्राप्त गरेपछि आफूहरू निकै खुसी भएको विजेताहरूको प्रतिक्रिया छ।
कम्पनीका अनुसार ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्। अभियानमा अझै ८ वटा मोटरसाइकल, १० वटा स्कुटर र एउटा बम्पर पुरस्कारका रूपमा प्रोटोन कार जित्ने अवसर बाँकी रहेको छ।
सामान्य रूपमा खरिद गरिने इनर्जी ड्रिङ्कको क्यानको बिर्कोमार्फत आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानलाई कम्पनीले देशका विभिन्न सहरमा विस्तार गरिरहेको जनाएको छ।
एनपीएलको प्रत्यक्ष प्रसारण भइरहेको एक्सट्रिम फ्यानजोनमार्फत विजेतालाई पुरस्कार हस्तान्तरण गर्ने क्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने कम्पनीले जनाएको छ।














प्रतिक्रिया