काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु गरेको छ ।
समितिको आजको बैठकमा प्रस्तावित चार न्यायाधीशहरु रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको हो ।
समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । समितिका सदस्यहरूलाई अध्ययनका लािग उजुरी वितरण गरिएको छ । शुक्रबार बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तय भएको छ ।
न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।














प्रतिक्रिया