काठमाडौं – आज २०८२ साल पुस २१ गते सोमबार तदनुसार सन् २०२६ जनवरी ५ तारिख । माघ कृष्ण पक्षको द्वितीया तिथि । गुरु गोविन्द सिंह जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :
मेष : दिन सामान्य छ । साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ । बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ ।
वृष : दिन राम्रो छ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ । साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन सामान्य छ । बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन् । राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ ।
कर्कट : दिन सहज भए पनि मनमा खटपटी बढ्नेछ । संकटमा तपाईंलाई साथ दिने साथी धेरै छन् । आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ । धार्मिक भ्रमणको अवसर मिल्नेछ ।
सिंह : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । मनमा नराम्रो सोच हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारसँग झुकेर काम गर्दा फाइदा हुनेछ ।
कन्या : दिन राम्रो छ । आजको निर्णय दीर्घकालीन बन्नेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
तुला : दिन सामान्य छ । आफू ठुलो र अरुलाई सानो सम्झिने बानीले घाटा हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुन्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।
वृश्चिक : दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सरस्वतीको आरधना गर्ने समय छ । जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ । सानो कुराले मन भने चञ्चल हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।
धनु : दिन सामान्य छ । मन अशान्त बन्नेछ । समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ । स्वास्थ्यले साथ दिने दिने छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।
मकर : शिक्षामा प्रगति हुनेछ । सरस्वतीको आरधना गर्दा मनमा शान्ति मिल्नेछ । सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ ।
कुम्भ : दिन सामान्य छ । हरेक क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय आएको छ । डुब्न लागानी उठाउन कठोर श्रम गर्नुपर्ने देखिन्छ । हरेक काममा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मीन : दिन सहज छ । परिवारको सुझाव लिएर अगाडि बढेमा फाइदा होला । राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।













प्रतिक्रिया