बेटिसको पोस्टमा रियलले गर्‍यो पाँच गोल : गोन्जालोकोे ह्याट्रिक « Khabarhub

बेटिसको पोस्टमा रियलले गर्‍यो पाँच गोल : गोन्जालोकोे ह्याट्रिक


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुदेखि नै आक्रामक देखिएको रियलका लागि गोन्जालो गार्सियाले ह्याट्रिक पूरा गरे ।

गोन्जालोले पहिलो हाफमा एक र दोस्रो हाफमा थप दुई गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको २०, ५० र ८२ औं मिनेटमा गोल गरेका हुन् ।

रियलका लागि थप दुई गोल राउल असेन्सियो र फ्रान गार्सियाले गरे । असेन्सियोले खेलको ५६ मिनेटमा गोल गरेका थिए भने गार्सियाले थप समयको तेस्रो मिनेटमा गोल गरेका हुन् । बेटिसका लागि सान्वना गोल कुचो हर्नान्डेजले खेलको ६६ औं मिनेटमा गरे ।

यो जितसँगै १९ खेल खेलेको रियलले ४५ अंक जोडेको छ । रियल तालिकाको दोस्रो स्थानमा छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलमा ४९ अंक छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : १७ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ