मुस्ताङका दुई सरकारी कार्यालय ‘मर्ज’ « Khabarhub

मुस्ताङका दुई सरकारी कार्यालय ‘मर्ज’


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय आजदेखि एकापसमा ‘मर्ज’ भएका छन् । गण्डकी प्रदेश सरकारको गत साउनको निर्णयानुसार ती कार्यालय मर्ज भएका हुन् ।

यसअघि गण्डकी प्रदेश सरकारले एकै प्रकृतिका सेवा दिने कार्यालयहरुलाई एउटै कार्यालयका रुपमा स्थापना गरी एकीकृत सेवा प्रवाह गर्ने तथा प्रदेशको आर्थिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले प्रदेशका सातवटा निर्देशनालय खारेज गरेको थियो ।

प्रदेशले ११ जिल्लामा रहेका ३२ वटा कार्यालयलाई घटाएर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो ।

यहाँस्थित उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको सामाजिक विकास कार्यालय एकीकृत सेवा कार्यालयका रुपमा मर्ज भई सेवा सञ्चालन सुरु गरिएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए।

मर्ज भएसँगै पुरानो पर्यटन तथा उद्योग कार्यालय रहेको स्थानबाट एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याइएको प्रमुख दर्जीको भनाइ छ । यसैगरी यहाँ कृषि ज्ञान केन्द्र कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पनि मर्ज भइसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ३० बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको