मुस्ताङका दुई सरकारी कार्यालय ‘मर्ज’ « Khabarhub

मुस्ताङका दुई सरकारी कार्यालय ‘मर्ज’


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास कार्यालय आजदेखि एकापसमा ‘मर्ज’ भएका छन् । गण्डकी प्रदेश सरकारको गत साउनको निर्णयानुसार ती कार्यालय मर्ज भएका हुन् ।

यसअघि गण्डकी प्रदेश सरकारले एकै प्रकृतिका सेवा दिने कार्यालयहरुलाई एउटै कार्यालयका रुपमा स्थापना गरी एकीकृत सेवा प्रवाह गर्ने तथा प्रदेशको आर्थिक खर्चमा मितव्ययिता अपनाउने उद्देश्यले प्रदेशका सातवटा निर्देशनालय खारेज गरेको थियो ।

प्रदेशले ११ जिल्लामा रहेका ३२ वटा कार्यालयलाई घटाएर १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो ।

यहाँस्थित उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालय र सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको सामाजिक विकास कार्यालय एकीकृत सेवा कार्यालयका रुपमा मर्ज भई सेवा सञ्चालन सुरु गरिएको कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिए।

मर्ज भएसँगै पुरानो पर्यटन तथा उद्योग कार्यालय रहेको स्थानबाट एकीकृत सेवा कार्यालय सञ्चालनमा ल्याइएको प्रमुख दर्जीको भनाइ छ । यसैगरी यहाँ कृषि ज्ञान केन्द्र कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र पनि मर्ज भइसकेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ३० बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्