रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको पाँडेको घोषणा  « Khabarhub

रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिएको अरनिको पाँडेको घोषणा 


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योजना आयोगका पूर्व सदस्य तथा रास्वपाका केन्द्रीय सदस्य डा. अरनिको पाँडेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्– ‘पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो (आइतबार) राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ । मलाई बन्दसूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनेतिर ध्यान दिनेछु ।’

उनले आफू सधैँ देश र समाजलाई सबैभन्दा ठूलो योगदान दिनसक्ने बाटो खोज्ने र रोज्ने काममा लाग्ने समेत बताएका छन् ।

पाँडेसँगै रास्वपामा बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । यसअघि अभिनेता आसिफ शाह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, गायिका त्रिशाला गुरुङ, अभियन्ता डा. महेन्द्र लावती र पर्वतारोही टासी शेर्पाले नाम फिर्ताको घोषणा गरेका थिए ।

निर्वाचन आयोगले आजदेखि पुस २७ गतेसम्म उम्मेदवारीमा रहेको त्रुटी सच्याउन समय दिएको छ । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : ५७ बजे

जेन-जी आन्दोलन : ओली, लेखक र खापुङलाई १० वर्षसम्म कैद गर्न आयोगको सिफारिस

काठमाडौं- गत भदौ २३-२४ को जेन-जी आन्दोलनका क्रममा भएको हताहती

राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित

कानुनी लडाइँ जितेर डाक्टर बनेका तीन फुटे गणेश

के एउटा मानिसको उचाइले उसको क्षमताको मापन गर्न सक्छ ?

सुनको मूल्यमा १४ हजार ६०० रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मकवानपुर– कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका– ११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना