‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद « Khabarhub

‘जन नायकन’ ट्रेलरमा एआई प्रयोगको आरोप, सामाजिक सञ्जालमा चर्को विवाद


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय चलचित्रका सुपरस्टार थलापथी विजयको आगामी तथा करियरको अन्तिम फिल्म ‘जन नायकन’ को ट्रेलरमा देखिएको प्राविधिक त्रुटिका कारण सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ ।

ट्रेलरको एक क्षणिक दृश्यमा गुगल जेमिनाइ  (एआई) को वाटरमार्क देखिएपछि दर्शकहरूले एआई निर्मित दृश्य प्रयोग गरिएको आशंका व्यक्त गरेका हुन् ।

यद्यपि निर्माताले पछि ट्रेलर अपडेट गरी उक्त लोगो हटाएका छन्, तर त्यसको स्क्रिन रेकर्डिङ सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । एक्स (पूर्व ट्विटर) मा प्रयोगकर्ताहरूले ठूलो बजेटको फिल्ममा यस्ता गल्ती हुनु निराशाजनक भएको प्रतिक्रिया दिएका छन्, केहीले एआई प्रयोगलाई सिनेमाको कलामाथिको अपमानसमेत भनेका छन् ।

एच. विनोथ निर्देशित जन नायकन राजनीतिक पृष्ठभूमिमा आधारित मास एक्सन फिल्म हो, जसमा अभिनेत्री पूजा हेगडे, बबी देओल, ममिता बैजु, गौतम वासुदेव मेनन, प्रियमणी र नारायण लगायत कलाकारको अभिनय रहेको छ।

फिल्म जनवरी ९ मा विश्वव्यापी रूपमा रिलिज हुँदैछ। बक्स अफिसमा भने यसले प्रभासको ‘द राजा साब’ र शिवकार्तिकेयनको ‘पराशक्ति’ सँग प्रतिस्पर्धा गर्नेछ ।

थलापथी विजयको अन्तिम फिल्म भएकाले दर्शकको चासो उच्च रहे पनि, एआई सम्बन्धी विवादले फिल्मको प्रचारमा कस्तो असर पार्छ भन्ने कुरा रिलिजपछि स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : २६ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम