सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत « Khabarhub

सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी ४२ वर्षीय रजनिस कुमार छन् । मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । 

सोही दुर्घटनामा परी घाइते भएका सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक निवासी ४५ वर्षीय गणेश थापा, मृतक सविताका १२ वर्षीया छोरी अभ्यास लम्सालको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ निवासी २१ वर्षीया रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए  । 

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार छ जनाको मृत्यु भएको थियो । उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा गएराति उपचारका क्रममा छ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ०५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि

मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै

बाँके – डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल

राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

गण्डकी – राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ,

ग्रिनल्याण्डलाई गाभ्ने ट्रम्पको चेतावनीप्रति विश्व समुदायको आक्रोश

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन

दूध दुहुने ‘रियालिटी शो’ सुरु हुँदै

काठमाडौं – नेपालमै पहिलो पटक पशुपालक किसानबीच दूध दुहुने प्रतियोगितात्मक