चिकित्सक संघको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश « Khabarhub

चिकित्सक संघको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीशद्वय ऋषिपराम निरौला र दीपक खनालको संयुक्त इजलासले अजय कुमार मिश्रसहितका निवेदकहरूले नेपाल चिकित्सक संघलाई विपक्षी बनाएर दायर गरेको निषेधाज्ञा सम्बन्धी रिटमा सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।

अदालतका अनुसार नेपाल चिकित्सक संघले असोज २० गते सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तथा निर्वाचन नियमावली, संघको निर्वाचन नियमावली २०७० को परिच्छेद ४ अन्तर्गत नियम ६ मा उल्लेखित प्रक्रिया पूरा नगरी ल्याइएको देखिएको छ। यस कारण निवेदकहरू उम्मेदवारी दर्ता गर्ने लगायत निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने अवस्था सिर्जना भएको अदालतको ठहर छ।

यस परिस्थितिमा निर्वाचन प्रक्रिया अगाडि बढाउनु उपयुक्त नहुने ठहर गर्दै उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको हो। साथै, अदालतले विपक्षी नेपाल चिकित्सक संघलाई कानुनबमोजिम सूचना दिई आगामी पेशीमा उपस्थित हुन समेत निर्देशन दिएको छ ।

यो आदेशसँगै काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकामा १५,१६ र १७ गतेका लागि तोकिएको चिकित्सक संघको निर्वाचन रोकिएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : १० बजे

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्

तनहुँमा अवैध नदीजन्य पदार्थ उत्खनन : तीन सवारीसाधन नियन्त्रणमा

दमौली– तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको