चिकित्सक संघको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश « Khabarhub

चिकित्सक संघको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालतको अन्तरिम आदेश


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीशद्वय ऋषिपराम निरौला र दीपक खनालको संयुक्त इजलासले अजय कुमार मिश्रसहितका निवेदकहरूले नेपाल चिकित्सक संघलाई विपक्षी बनाएर दायर गरेको निषेधाज्ञा सम्बन्धी रिटमा सुनुवाइ गर्दै उक्त आदेश जारी गरेको हो।

अदालतका अनुसार नेपाल चिकित्सक संघले असोज २० गते सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तथा निर्वाचन नियमावली, संघको निर्वाचन नियमावली २०७० को परिच्छेद ४ अन्तर्गत नियम ६ मा उल्लेखित प्रक्रिया पूरा नगरी ल्याइएको देखिएको छ। यस कारण निवेदकहरू उम्मेदवारी दर्ता गर्ने लगायत निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने अवस्था सिर्जना भएको अदालतको ठहर छ।

यस परिस्थितिमा निर्वाचन प्रक्रिया अगाडि बढाउनु उपयुक्त नहुने ठहर गर्दै उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको हो। साथै, अदालतले विपक्षी नेपाल चिकित्सक संघलाई कानुनबमोजिम सूचना दिई आगामी पेशीमा उपस्थित हुन समेत निर्देशन दिएको छ ।

यो आदेशसँगै काठमाडौं उपत्यकाबाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकामा १५,१६ र १७ गतेका लागि तोकिएको चिकित्सक संघको निर्वाचन रोकिएको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : १० बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि

मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै

बाँके – डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल

राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

गण्डकी – राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ,

ग्रिनल्याण्डलाई गाभ्ने ट्रम्पको चेतावनीप्रति विश्व समुदायको आक्रोश

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन

दूध दुहुने ‘रियालिटी शो’ सुरु हुँदै

काठमाडौं – नेपालमै पहिलो पटक पशुपालक किसानबीच दूध दुहुने प्रतियोगितात्मक