भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले जम्मा गर्‍यो १ करोड « Khabarhub

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सले जम्मा गर्‍यो १ करोड


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार निर्माण कोषलाई सहयोग रकम प्रदान गरेको छ । 

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख मात्र सहयोग उपलब्ध गराएको हो ।

उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले आज २१ गते सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा अर्थ सचिव, राजस्व सचिव लगायत  सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्‍याउनु भएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

साथै उक्त रकम सहित आजको मितिसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : १८ बजे

वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत

आजका समाचार : प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत, फेरि समातिए दुर्गा प्रसाईं, पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति र कच्चा तेलको भाउ बढ्यो

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायोविपक्षी दलका

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि

यी हुन् सबैभन्दा धेरैपल्ट पक्राउ परेका व्यक्ति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नु सामान्यजस्तै भइसकेको छ

प्रतिनिधिसभा : स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन)