भेनेजुएलामा अमेरिकी आक्रमण हुँदा क्युबाका ३२ सुरक्षा अधिकारी मारिए « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमण हुँदा क्युबाका ३२ सुरक्षा अधिकारी मारिए


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काराकस- भेनेजुएलामा भएको अमेरिकी आक्रमणमा क्युबाका ३२ जना अधिकारी मारिएका छन्। क्युबा सरकारले आइतबार राति यसको जानकारी दिएको हो।

सरकारी विज्ञप्तिअनुसार ती क्युबाली सैन्य र प्रहरी अधिकारीहरू भेनेजुएला सरकारको अनुरोधमा मिसनमा थिए। उनीहरू त्यहाँ के काममा थिए भन्ने कुरा स्पष्ट गरिएको छैन।

क्युबा भेनेजुएलाको नजिकको सहयोगी हो । भेनेजुएलामा क्युबाले वर्षौंदेखि सैनिक तथा प्रहरी सहयोग गर्दै आएको छ। क्युबा सरकारले आफ्ना नागरिक मारिएपछि दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

ट्रम्पको दाबी

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले भेनेजुएलाको कमान अमेरिकाको हातमा रहेको दाबी गरेका छन्।

आइतबार राति एयरफोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका भेनेजुएलाको नयाँ नेतृत्व, अर्थात् कार्यवाहक राष्ट्रपति तथा उपराष्ट्रपति डेल्सी रोड्रिग्जसँग सिधै संवादमा रहेको बताए।

ट्रम्पले आफूले अहिलेसम्म डेल्सी रोड्रिग्जसँग प्रत्यक्ष कुरा नगरेको तर आफ्ना सहयोगीहरूले सम्पर्क गरेको बताए। सही समय आएपछि आफैँ कुरा गर्ने उनले बताए ।

उनले अमेरिकाले सहयोगको बदलामा रोड्रिग्जलाई केही नदिएको तर उनलाई सहयोग गरिरहेकी दाबी पनि गरे।

भेनेजुएलाको तेलमा कब्जा

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले डेल्सी रोड्रिग्जमार्फत भेनेजुएलामा पूर्ण पहुँच चाहिएको बताए। उनले भेनेजुएलालाई ‘मरेको देश’ भन्दै फेरि उभ्याउन आवश्यक रहेको बताए।

उनले भने, ‘हामीलाई तेल र देशका अन्य स्रोतसम्म पूर्ण पहुँच चाहिन्छ, ताकि भेनेजुएलालाई फेरि उभ्याउन सकियोस्।’

रुबियोको फरक भनाइ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पको दाबीभन्दा फरक बयान दिएका छन्। उनले भेनेजुएलामाथि अमेरिकाको कुनै नियन्त्रण नरहेको बताए।

सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा भेनेजुएलामा अमेरिकाको कब्जा छ कि छैन भन्ने प्रश्नमा रुबियोले भने, ‘ट्रम्पसँग सबै अवस्थाको सामना गर्ने विकल्प छन्, तर हाल जमिनमा अमेरिकी कब्जाजस्तो अवस्था छैन।’

नयाँ टिम

ट्रम्पले आइतबार भेनेजुएलालाई चलाउन विशेष टिम बनाउने घोषणा गरेका छन्। यस टिममा विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट हेगसेथसहित अन्य शीर्ष अधिकारीहरू रहनेछन्।

यो टिमले भेनेजुएलामा कानुन–व्यवस्था कायम राख्न, सरकारी संस्थाहरू पुनः सञ्चालनमा ल्याउन, तेल, ऊर्जा र सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्र स्थिर गर्न र संक्रमणकालीन अवधिको व्यवस्थापनमा सहयोग गर्नेछ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ३४ बजे

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार

स्वास्थ्य बीमा प्रभावकारी बनाउन औषधि बल्क खरिद गर्ने सरकारको तयारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा