भेनेजुएलामा अमेरिकी आक्रमण हुँदा क्युबाका ३२ सुरक्षा अधिकारी मारिए « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमण हुँदा क्युबाका ३२ सुरक्षा अधिकारी मारिए


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काराकस- भेनेजुएलामा भएको अमेरिकी आक्रमणमा क्युबाका ३२ जना अधिकारी मारिएका छन्। क्युबा सरकारले आइतबार राति यसको जानकारी दिएको हो।

सरकारी विज्ञप्तिअनुसार ती क्युबाली सैन्य र प्रहरी अधिकारीहरू भेनेजुएला सरकारको अनुरोधमा मिसनमा थिए। उनीहरू त्यहाँ के काममा थिए भन्ने कुरा स्पष्ट गरिएको छैन।

क्युबा भेनेजुएलाको नजिकको सहयोगी हो । भेनेजुएलामा क्युबाले वर्षौंदेखि सैनिक तथा प्रहरी सहयोग गर्दै आएको छ। क्युबा सरकारले आफ्ना नागरिक मारिएपछि दुई दिनको राष्ट्रिय शोक घोषणा गरेको छ।

ट्रम्पको दाबी

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले भेनेजुएलाको कमान अमेरिकाको हातमा रहेको दाबी गरेका छन्।

आइतबार राति एयरफोर्स वनमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिका भेनेजुएलाको नयाँ नेतृत्व, अर्थात् कार्यवाहक राष्ट्रपति तथा उपराष्ट्रपति डेल्सी रोड्रिग्जसँग सिधै संवादमा रहेको बताए।

ट्रम्पले आफूले अहिलेसम्म डेल्सी रोड्रिग्जसँग प्रत्यक्ष कुरा नगरेको तर आफ्ना सहयोगीहरूले सम्पर्क गरेको बताए। सही समय आएपछि आफैँ कुरा गर्ने उनले बताए ।

उनले अमेरिकाले सहयोगको बदलामा रोड्रिग्जलाई केही नदिएको तर उनलाई सहयोग गरिरहेकी दाबी पनि गरे।

भेनेजुएलाको तेलमा कब्जा

पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले डेल्सी रोड्रिग्जमार्फत भेनेजुएलामा पूर्ण पहुँच चाहिएको बताए। उनले भेनेजुएलालाई ‘मरेको देश’ भन्दै फेरि उभ्याउन आवश्यक रहेको बताए।

उनले भने, ‘हामीलाई तेल र देशका अन्य स्रोतसम्म पूर्ण पहुँच चाहिन्छ, ताकि भेनेजुएलालाई फेरि उभ्याउन सकियोस्।’

रुबियोको फरक भनाइ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पको दाबीभन्दा फरक बयान दिएका छन्। उनले भेनेजुएलामाथि अमेरिकाको कुनै नियन्त्रण नरहेको बताए।

सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा भेनेजुएलामा अमेरिकाको कब्जा छ कि छैन भन्ने प्रश्नमा रुबियोले भने, ‘ट्रम्पसँग सबै अवस्थाको सामना गर्ने विकल्प छन्, तर हाल जमिनमा अमेरिकी कब्जाजस्तो अवस्था छैन।’

नयाँ टिम

ट्रम्पले आइतबार भेनेजुएलालाई चलाउन विशेष टिम बनाउने घोषणा गरेका छन्। यस टिममा विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट हेगसेथसहित अन्य शीर्ष अधिकारीहरू रहनेछन्।

यो टिमले भेनेजुएलामा कानुन–व्यवस्था कायम राख्न, सरकारी संस्थाहरू पुनः सञ्चालनमा ल्याउन, तेल, ऊर्जा र सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्र स्थिर गर्न र संक्रमणकालीन अवधिको व्यवस्थापनमा सहयोग गर्नेछ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ३४ बजे

चुनावसम्मलाई एमालेले तोक्यो प्रदेश संयोजक, संगठन विभागमा भानुभक्त

काठमाडौं- एघारौँ महाधिवेशनपछि नेकपा एमालेले प्रदेश संयोजकहरू तोकेको छ ।

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर– चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको

एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो

काठमाडौं- नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा

एमालेले बादललाई बनायो फागुन २१ को चुनावी कमाण्डर

काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई आगामी फागुन २१