बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा « Khabarhub

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार रिलिज भएको ट्रेलर २१ लाखभन्दा बढी भ्युजका साथ सोमबार ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको हो । यसले युट्युबमा ६५ हजारभन्दा बढी लाइक र १२ सय भन्दा बढी कमेन्ट पाएको छ ।

लामो समयपछि नेपाली फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको । यसले ‘गोबर गणेश’को हाइप राम्रो बनेको संकेत गर्छ ।

दर्शकबाट पाएको यस साथदेखि बल्छी धुर्बे कृतज्ञ छन् । ‘दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,’ उनी भन्छन्, ’सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

आमा-छोराको भवना र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले समेटेको छ । फिल्म कमेडी फ्लेबरमा सामाजिक कथामा बनेको ट्रेलरले बताउँछ ।

माघ १ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक, लेखक, निर्मात र केन्द्रीय नायक बल्छी धुर्बे नै हुन् । नायिका वर्षा सिवाकोटी हुन् ।

उनीहरुसहित फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङलायतको अभियन रहने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १२ बजे

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित

जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति

बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौं– नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.

राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद