बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा « Khabarhub

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को फिल्म ‘गोबर गणेश’को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार रिलिज भएको ट्रेलर २१ लाखभन्दा बढी भ्युजका साथ सोमबार ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको हो । यसले युट्युबमा ६५ हजारभन्दा बढी लाइक र १२ सय भन्दा बढी कमेन्ट पाएको छ ।

लामो समयपछि नेपाली फिल्मको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको । यसले ‘गोबर गणेश’को हाइप राम्रो बनेको संकेत गर्छ ।

दर्शकबाट पाएको यस साथदेखि बल्छी धुर्बे कृतज्ञ छन् । ‘दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,’ उनी भन्छन्, ’सिनेमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’

आमा-छोराको भवना र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले समेटेको छ । फिल्म कमेडी फ्लेबरमा सामाजिक कथामा बनेको ट्रेलरले बताउँछ ।

माघ १ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक, लेखक, निर्मात र केन्द्रीय नायक बल्छी धुर्बे नै हुन् । नायिका वर्षा सिवाकोटी हुन् ।

उनीहरुसहित फिल्ममा विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङलायतको अभियन रहने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १२ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक