नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा « Khabarhub

नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले निर्वाचन र समसामयिक राष्ट्रिय राजनीतिका विषयमा आफ्नो धारणा जनतामाझ लैजान देशव्यापी रूपमा पर्चा वितरण गर्ने निर्णय गरेको छ।

यसै कार्यक्रमको शुभारम्भका अवसरमा पार्टीले काठमाडौंको भोटाहिटी चौकमा कोणसभाको आयोजना गर्ने भएको छ।

सोमबार दिउँसो २ः३० बजे हुने कोणसभामा पार्टी अध्यक्ष चन्द्रदेव जोशी, कार्यवाहक अध्यक्ष घनश्याम भुसाल तथा बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टीका अनुसार पर्चा वितरणमार्फत निर्वाचन सन्दर्भ, राष्ट्रिय राजनीति र जनसरोकारका विषयमा पार्टीको दृष्टिकोण स्पष्ट गर्ने उद्देश्य राखिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का प्रमुख प्रचार विभाग प्रमुख दामोदर अर्यालले यसबाट जनतासमक्ष आफ्नो दृष्टिकोण पुग्ने बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ५८ बजे

नयाँ पार्टीबारे माधव नेपालको टिप्पणी : हामीले नै जन्माएका सन्तान हुन्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टी सुसंस्कृत

काठमाडौँ महानगरका तत्कालीन प्रशासकीय अधिकृतले पाए सफाइ

काठमाडौं- काठमाडौं महानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत प्रदीप परियारले विशेष अदालतबाट

एट्लीको सुपरहिरो फिल्म ‘AA22xA6’ मा टाइगर श्राफ पनि जोडिए

काठमाडौं – शाहरुख खान अभिनीत ‘जवान’को सफलतापछि निर्देशक एट्लीले अर्को

करेन्ट लागेर एक जनाको मृत्यु

किमाथांका – सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमा करेन्ट लागेर एक जनाको