नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा « Khabarhub

नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले निर्वाचन र समसामयिक राष्ट्रिय राजनीतिका विषयमा आफ्नो धारणा जनतामाझ लैजान देशव्यापी रूपमा पर्चा वितरण गर्ने निर्णय गरेको छ।

यसै कार्यक्रमको शुभारम्भका अवसरमा पार्टीले काठमाडौंको भोटाहिटी चौकमा कोणसभाको आयोजना गर्ने भएको छ।

सोमबार दिउँसो २ः३० बजे हुने कोणसभामा पार्टी अध्यक्ष चन्द्रदेव जोशी, कार्यवाहक अध्यक्ष घनश्याम भुसाल तथा बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ।

पार्टीका अनुसार पर्चा वितरणमार्फत निर्वाचन सन्दर्भ, राष्ट्रिय राजनीति र जनसरोकारका विषयमा पार्टीको दृष्टिकोण स्पष्ट गर्ने उद्देश्य राखिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का प्रमुख प्रचार विभाग प्रमुख दामोदर अर्यालले यसबाट जनतासमक्ष आफ्नो दृष्टिकोण पुग्ने बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १२ : ५८ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर